Friday 3rd April 2026

सिंगापुरबाट आज प्रचण्ड नेपाल फर्किदै ,सीताको स्वास्थमा सुधार

8 years अगाडी

लामो समयको बसाइ पछि सिंगापुरबाट आज प्रचण्ड नेपाल फर्किदै छन् । उनि पत्नी सिता दाहालको उपचार गर्न सिंगापुर पुगेका थिए । पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गएका प्रचण्ड आज फर्कने भएका छन् ।प्रचण्ड असार ३ गते पत्नी सीताको उपचारका लागि सिंगापुर गएका थिए । सीताको स्वास्थ्यमा सुधार आएपछि प्रचण्ड आज सीता लिएर फर्कन लागेका हुन् । वाटरथेरापी र चिकित्सकको सुझाव अनुसारको औषधि सेवनले सीताको स्वास्थ्यमा सुधार आएको पारिवारिक स्रोतले बतायो ।

चिकित्सकको सुझाव अनुसार सीताको उपचारको फ्लोअपका लागि प्रचण्ड सिंगापुरतर्फ गएका थिए । चिकित्सकले सिंगापुरको एमपी एलिजाबेथ अस्पतालमा एकपटक स्वास्थ्य परिक्षण गराउन सुझाव दिएका थिए । केही दिन सिंगापुरमा रहने भनिएपनि प्रचण्डको बसाई लम्बिएको थियो । यसअघि प्रचण्ड ८ असारमा फर्किने बताइएको थियो ।यस अघि सीताको उपचार केही महिना अगाडि दिल्लीमा भएको थियो । छोरा प्रकाशको असमायिक निधन पछि सीताको स्वास्थ्यमा झन्–झन् समस्या आएको थियो । पछिल्लो समय सीताको आँखामा पनि समस्या देखिएको थियो । कलेजोको समस्याबाट पीडित सीताको यसअघि पनि सिंगापुरमै उपचार गरिएको थियो ।

          July 1, 2018 1:51 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...