Monday 9th February 2026

कुवेत साँस्कृतिक मंचले “राष्कोट सामुदायिक अस्पताल निर्माणको लागि सहयोग रकम हस्तान्तरण

7 years अगाडी

कुवेत – कुवेतको सबैभन्दा पुरानो साँगितिक संस्था नेपाल कुवेत साँस्कृतिक मंचले सिधा कुरा जनता संग रवि लामिछाने नेतृत्वमा निर्माण हुन गईरहेको नेपालकै दुर्गम क्षेत्र कालिकोट जिल्लाको “राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ मंचको १८ औँ सांगीतिक धमाकामा उठेको रकममा खर्च कटाएर बचत हुन गएको रकम १,५१,००० (एक लाख एकाउन्न हजार ) नेपाली रुपैया मंचका महासचिव रोशन राई र संयोजक उमा घिमिरे तथा अध्यक्ष गोविन्द बरालका सहोदर ठुलो दाजु हेमराज बरालले संयुक्तरुपमा सिधा कुरा जनता संगको कार्यालयमा कुशल पत्रकार रवि लामिछानेको हातमा आज हस्तान्तरण गरिएको जानकारी मंचका अध्यक्ष गोविन्द बरालले जानकारी दिएका छन् ।

उक्त कार्यक्रम शुक्रबार ३ मे २०१९ मा कुवेतको जिलिब स्थित पपिन्स हलमा मंचको १८ औँ सांगीतिक धमाका स्वरुप सम्पन्न भएको थियो ।उक्त कार्यक्रमलाई सफल बनाउनको ठुलो रकम उठाउन सहयोग पुर्याउनु हुने अल्मुल्लाह कंपनिमा कार्यरत सहयोगी मनका धनी दुर्गा ढकाल, तोयानाथ दाहाल, संस्थाको उपाध्यक्ष /डान्सर नेहा राई, डान्सर अश्मी तामाङ, एन आर एन ए कुवेतकी कार्यवाहक अध्यक्ष सुमित्रादेवी पौडेल लगायत नेपाल कुवेत साँस्कृतिक मंचका संरक्षक, सल्लाहकार, कलाकार, कार्यसमिति सदस्य तथा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पुर्ण कुवेतवासी नेपाली तथा गैर नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई ब्यक्तिगत तथा साँस्कृतिक मंचकोतर्फबाट धन्यवाद ब्यक्त गरेका छन् साथै आगामी दिनहरुमा पनि यसैगरी साथ मिल्ने प्रती साँस्कृतिक मंच पूर्ण आशावादी रहेको मंचका अध्यक्ष बरालले बताएका छन् l

          May 20, 2019 7:57 pm | प्रवास,समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...