अमेठी निर्वाचन क्षेत्रको प्रारम्भिक मतगणनामा राहुल गान्धी भाजपा उम्मेद्वार स्मृति इरानीभन्दा पछि
एजेन्सी । अहिले भारतमा लोकसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको अन्तिम परिणाम आजै साँझसम्म आइसक्नेछ ।हाल मतगणनाको सुरुवाती परिणाम बाहिर आउन थालिसकेका छन् । यसमा कंग्रेस अध्यक्ष राहुल गान्धी केन्द्रीय–मन्त्री स्मृति इरानीभन्दा पछि परेका छन् ।अमेठीको निर्वाचन क्षेत्र सन् २०१९ को लोक–सभा निर्वाचनका क्रममा सबैभन्दा तीव्र प्रतिस्पर्धा भएका क्षेत्र मध्य एक थियो ।
अमेठीमा समाजवादी पार्टी र बहुजन समाज पार्टीले उमेद्वारी नदिएपछि चुनावी प्रतिस्पर्धा सिधा राहुल र इरानीबीच देखिएको थियो ।इरानीले चुवानी प्रचारका क्रममा राहुलले हार्ने डरले केरलाको वायनादबाट दोहोरो उमेद्वारी दिएको आरोप लगाएकी थिइन् ।राहुल सन् २००४ देखि निरन्तर अमेठीबाट जितिरहेका छन् । यस अघि सन् २०१४ को प्रतिस्पर्धामा राहुलले ४,०८,६५१ मत पाउँदा इरानीले ३,००,७४८ मत पाएकी थिइन् ।
राहुलले सन् २००९ को निर्वाचनमा सो स्थानबाट ३.७ लाखको मतान्तरले जितेका थिए । त्यस्तोमा जम्मा पाँच वर्षपछिमै मतान्तर एक लाखमा झार्न सक्नुलाई भाजपाले सफलता नै मानेको थियो । उक्त निर्वाचन क्षेत्रको चुनावी प्रचारमा राहुललाई उत्तर प्रदेशको पूर्वी क्षेत्रको लागि कंग्रेस महासचिव तथा बहिनी प्रियङ्काले पनि सघाएकी थिइन् ।यस पटक चुनावी प्रचारमा विशाल मतान्तरसहित विजय हासिल गर्ने भन्दै कंग्रेसले ‘पाँच लाख पार’ नारा दिएको थियो ।
इरानीले भने सन् २०१४ को हारपछि पनि अमेठीको नियमित भ्रमण गरेर मतदातासँग नियमित सम्पर्कमा थिइन् । त्यस क्रममा उनले राहुलले आफ्नै निर्वाचन क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाउँथिन् ।उनको नियमित भ्रमणकै बलमा भाजपाले सन् २०१७ को विधानसभामा अमेठीको पाँचमध्य चार सिटमा जित हासिल गर्न सफल भएको थियो । त्यस निर्वाचनमा पाचौं सिट समाजवादी पार्टीले हात पार्दा कंग्रेस खालि हात भएको थियो । भाजपाले भने राहुल र उनको परिवारको पुर्खौली निर्वाचन क्षेत्र भएर पनि अमेठी विकासमा पछि रहेको कुरा मतदातासम्म पु¥याइरहेको थियो ।
May 23, 2019 11:53 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग