मोदीको जितमा भारतीय सेनाको उपहार आतंककारी जाकिर मुसाको शव !
काठमाडौं, एकातर्फ भारतभर लोकसभा निर्वाचनको मत परिणाम र प्रधानमन्त्री नरेन्द्र मोदीले पाएको सफलताको चर्चा चलिरहेको थियो । मतगणना र परिणाम घोषणाले देशको ध्यान केन्द्रित गरको अवस्थामा भारतीय सेना भने जम्मुकस्मिरमा आतंकबादी विरुद्धको अप्रेशनमा थियो ।मोदीले चुनावमा अपार सफलता पाएकै अवस्थामा भारतीय सेनाले पनि आतंकबादी संगठनका कमाण्डर जाकिर मुसा कारवाहीमा मारिएको दाबी गरेको छ । जम्मुकश्मीरको पुलवा जिल्लाको त्राल क्षेत्रमा सेनास“गको भिडन्तमा आतंकबादी संगठन जम्मुकश्मीर आइएस का कमाण्डर जाकिर मुसा मारिएको दाबी गरेको हो ।
हिज्बुल मुजाहिद्दिनको पूर्वकमाण्डर समेत रहेका मुसा बिहीवार राति दोहोरो भिडन्तमा मारिएको भारतीय सञ्चार माध्ययमहरुले बताएका छन् । मोदीको प्रचण्ड बहुमतका लागि बेला सेनाले आतंकबादी संगठनका नेतालाई मारेर उपहार दिएको भारतीय सञ्चार माध्ययमहरुले दाबी गरेका हुन् ।११ घण्टासम्म चलेको गोलीबारीका क्रममा मुसा मारिएको बताइएको छ । गोलीबारीका क्रममा मुसाको मृत्यु भएपछि इन्टरनेट सेवा बन्द गरिएको बताइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार मुसा त्रालको ददसरा गाउ“मा लुकेका बसेका थिए ।
कसरी मारिए मुसा ? : बिहीवार सुरक्षा निकायलाई ददसरा गाउ“मा औषधि पसल सञ्चालन गर्दै आएका एक व्यक्तिको घरमा लुकेको खबर आयो । खबर पाएपछि पुगेको सुरक्षा फौजले पूरा इलाकालाई घेरा हाल्यो । सो क्रममा मुसालाई आत्मसमर्पण(सेरेण्डर)का लागि अवसर दिइयो ।
जसकालागि सुरक्षा फौजले घरधनीलाई प्रयोग गरेको थियो । तर जाकिर मुसाले सेरेण्डर गर्न मानेनन् । लुकेर बसेको घरबाट सुरक्षाकर्मीलाई गोली प्रहार गर्न थाले । साँझसम्म दोहोरो फायरिङपछि राति भाग्न सक्ने भन्दै मुसा लुकेको घर बम प्रयोग गरी उडाइएको भारतीय सञ्चार माध्ययमहरुले दाबि गरेका छन् ।
May 24, 2019 3:37 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग