धर्मपुत्र बनेर विदेशीएका युनस- आफ्नो बंश खोज्दै ४० बर्षपछि नेपालमा
काठमाडौं । आफ्नो बश, पुर्खाको महत्व कति हुन्छ त्यो सायद सुर्वण क्षेत्री वा स्वीड्स नाम युनस इक्यारेवनले बुझेका छन् । सन १९७९ मा नेपालबाट स्वीड्स नागरिक जेनअल्फ इक्यारेवनको धर्मपुत्रका रुपमा स्वीडेन पुगेका सुर्वण क्षेत्री त्यहाँ पुगेपछि युनस इक्यारेवन बने । नेपाल छोडेको ४० बर्षपछि उनलाई आँफू जन्मिएको परिवारसँग भेट्ने इच्छा भएपछि करिब २ महिनादेखि आफ्नो वंशको खोजीमा नेपालमा भौतारीरहेका छन् ।
उनलाई नेपाल सरकारले स्वीड्स नागरिकको जिम्मा लगाउने बेला ४ बर्षका भएको उल्लेख छ । साथै उनको ठेगाना बारा निजगढ उल्लेख गरिएको छ, भने उनलाई काठमाडौं नक्सालमा रहेको बालमन्दिरबाट धर्म पुत्रका रुपमा अपनाएको कागजी लिखतहरु छन् ।यिनै कागजी लिखत बोकेर उनी बारा निजगढसम्म पुगे । निजगढबाट वि.सं. २०३५ को समयमा गोविन्द लामिछाने र शंकर लामिछाने हराएको पत्तो पाए । तर गोविन्द लामिछाने केही समयपछि घर फर्किएपनि शंकर लामिछानेलाई भने एक विदेशीले धर्म पुत्रकारुपमा लगेका रहेछन् ।
अहिले गोविन्द लामिछानेको निधन भैसकेको रहेछ । तर शंकर लामिछानेको अत्तोपत्तो छैन । खोज्दै जाँदा गोविन्द र शंकर लामिछानेका दाजुभाई सन्तान भने भेटाएका छन् । जस मध्ये एक हुन देवराज लामिछाने । देवराजका अनुसार सुर्वण क्षेत्री र देवराजका काका हराउँदा केही कुराहरु मेल खान्छन् ।
गोविन्द लामिछानले विद्यालयमा नाम क्षेत्री लेखाएको बताएका थिए । अहिले सुवर्ण क्षेत्री आएका छन् । हराएका मध्ये गोविन्द घर फर्किएपनि शंकर फर्किएका छैन । कतै सुवर्ण क्षेत्री नै शंकर त होइनन् भन्ने लामिछाने परिवारमा पनि भएको छ । तर सुवर्ण क्षेत्रीलाई बाल्यकालका केही कुरा याद नहुनु, गाँउका अन्य जेष्ठ व्यक्तिले पनि उनलाई ठम्याउन नसक्नु लगाएतका कुराले दोधारमा पारेका छ ।
देवराज लामिछाने अहिले सुवर्णसँग भएका कागजपत्र बोकेर विभिन्न निकायमा कुदिरहेका छन् । सुर्वण समेत अन्य २ सहयोगीसहित कहिले बालमन्दिर त कहिले सिंहदरबार कुदिरहेका छन् । ४ बर्षको उमेरमा नेपाल छोड्दा विमानस्थलमा एक्लै भएजस्तो, आत्तिएको मधुरो सम्झना छ, उनलाई । तर ४० बर्षको अवधिमा उनिसँग सबै कुरा परिवर्तन भएपछि आफ्नो परिवार भेटाउन मुस्किल परेको छ ।
May 25, 2019 5:57 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत