Friday 3rd April 2026

‘स्काई रेल’ को अवधारणा अघि सारेर चीनले विश्वलाई अचम्मित तुल्यायो

8 years अगाडी

काठमाडौं । नेपाल सरकारले पूर्वपश्चिम रेलमार्ग र मेट्रो रेल निर्माणको कुरा गरिरहँदा उत्तरी छिमेकी मुलुक चीनले भने ‘स्काई रेल’ को चरणमा आफुलाई उभ्याएको छ । पूर्वाधार विकासमा ठूलो फड्को मारिरहेको चीनले चालक विनाको ‘स्काई रेल’ सेवा शुरु गरेर मुलुकबासीलाई मात्र नभई विश्वलाई नै अचम्मित तुल्याएको छ ।यो दृश्य चीनको सिचुवान प्रान्तस्थित छेन्दुको हो । यहाँ निर्माण भएका सडकहरुले सवारीको चापलाई नधानेपछि सरकार यतिबेला ‘स्काई रेल’ को विकासमा लागिपरेको छ । चीन सरकारले सुरक्षित, सस्तो र वातावरणमैत्री यात्राका लागि यो सेवा शुरु गरेको हो । मुलुकभरी ‘स्काई रेल’ सेवा विस्तार गर्ने योजना अनुरुप चीनले सिचुवान प्रान्तमा परीक्षण सुरु गरिसकेको र रेल सेवालाई देशैभर फैलाउने योजना बनाएको छ ।

२०१६ देखि ‘स्काई रेल’ को काम थालेको निजी क्षेत्रको कम्पनी जोङटाङ स्काई रेलवेज ग्रुपले हालसम्म साढे १० किलोमिटर रेलमार्ग निर्माण गरिसकेको छ । रेल सेवा सुरक्षित, सुविधाजनक र दीगो हुने भएकोले सरकारले मुलुकभरी स्काई रेलको योजना अघि सारेको जोङटाङ स्काई रेलवेज गु्रपका प्रमुख इन्जिनियर वाङ काईले जानकारी दिनुभयो ।सरकारले आगामी वर्षभित्रमा सिचुवानमा मात्रै दुई सय किलोमिटर रेलमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजना निर्माणका लागि एक किलोमिटर बराबर १० लाख चिनियाँ युआन खर्च हुने कम्पनीले जनाएको छ । सडक रेलको तुलनामा स्काई रेल निर्माण सात गुणा सस्तो पर्नेछ ।

नेपाल सरकारले पूर्वपश्चिम रेलमार्ग, रक्सौल–काठमाडौं रेलमार्ग, ल्हासा–सिगात्से–काठमाडौं रेलमार्ग र काठमाडौंमा मेट्रो रेलको अवधारणा अघि सारिरहेको बेला चीनले. शुरु गरेको स्काई रेल नेपालका लागि प्रेरणादायी हुनेछ । नेपालले पनि चीनको प्रविधि र पूर्वाधार विकासलाई अनुशरण गर्न आवश्यक छ ।कम्पनीले मुलुकभरी स्काई रेल मार्ग विस्तारका लागि २१ हजार किलोमिटरको परीक्षण सम्पन्न गरिसकेको जनाएको छ । ब्याट्रीबाट मात्रै चल्ने यो रेल विश्वमै पहिलो भएको चीनले दावी गरेको छ । बढ्दो प्रदुषण र ट्राफिक जामलाई केही हदसम्म भएपनि कम गराउनको लागि शुरु गरिएको स्काई रेल चीनका लागि हितकर समेत मानिएको छ ।

          July 3, 2018 11:41 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...