के मोदी र इमरान खानबीच भेटवार्ता हुन्छ?
नयाँ दिल्ली। प्रधानमन्त्रीमा दोस्रो पटक निर्वाचित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो विदेश भ्रमण किर्गिस्तान हुने भएको छ। मोदी १४–१५ जुनमा आयोजना हुने संघाई कोअपरेशन अर्गनाइजेशन समिटमा भाग लिन किर्गिस्तान जाने तय भएको भारतीय संचारमाध्यमले जनाएका छन्। उक्त सम्मेलनमा मोदीले धेरै देशका राष्ट्राध्यक्षसँग भेट्ने कार्यक्रम रहेको छ।
उक्त सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानपनि सहभागी हुने भएका छन्। तर मोदीले इमरान खानलाई भेट्ने नभेट्ने विषयमा कुनै निर्णय गरेका छैनन्।सरकारी स्रोतलाई उद्धृत गर्दै संचारमाध्यमले जनाए अनुसार सरकार गठन भएपनि यो विषयमा निर्णय हुन सक्नेछ। अहिले नै मोदी–इमरान खान भेट हुने अवस्थालाई नकार्न नसकिने संचारमाध्मले जनाएका छन्। यसअघि दुवै देशका प्रधानमन्त्रीबीच २०१७ मा एससीओ समिटका क्रममा नै भेट भएको थियो। त्यो बेला तत्कालीन पास्तिानी प्रधानमन्त्री नवाज शरिफले केही मिनेट मोदीसँग अनौपचारिक वार्ता पनि गरेका थिए।
इमरान खान गत वर्ष अगस्तमा पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। त्यसपछि धेरै पटक उनले मोदीसँग भेट्ने इच्छा व्यक्त गरेका थिए। यद्यपी जनवरी २०१६ मा पठानकोट एयरशेसमा आक्रमणपछि भारत पाकिस्तानसँग कुनै पनि औपचारिक कार्यक्रममा सहभागी भएको छैन। भारतले द्विपक्षीय वार्ता र आतंकवाद सँगै जान नसक्ने बताउँदै आएको छ। भारतसँग वार्ताकालागि आतंकवादीलाई बन्द गर्नुपर्ने भारतले अडान राख्दै आएको छ।
यसअघि दुवै देशका प्रधानमन्त्रीबीच २०१७ मा काजकिस्तानको अस्तानमा एससीओ समिटका क्रममा भेट भएको थियो। यद्यपी त्यो भेटघाटलाई आधिकारिक मानिएको थिएन। मोदीले शरीफको स्वास्थ्यका विषयमा सोधेका थिए। शरीफको २०१६ मा हार्ट सर्जरी गरिएको थियो। यसैबीच पूर्वप्रधानमन्त्री नवाज सरीफकी छोरी मरियम नजाजले मंगलबार मोदीले इमरान खानको इज्जत नगरेको टिप्पणी गरेकी छन्। उनले इमरानले भोट चोरी गरेर सरकारमा पुगेको उनले आरोप लगाएकी थिइन्।
May 29, 2019 12:11 pm | प्रवास