५ लाख दिन्छौं भन्दाभन्दै छिमेकीले ८ वर्षीय छोराको हत्या गरेपछि बावुआमा मुर्छित !
7 years अगाडी
Susma Dhakal
काठमाडौँ : गत शुक्रबार अपहरणमा परेका ८ वर्षीय बालकको हत्या भएको छ ।वीरगञ्ज महानगरपालिका–३ प्रगति नगरका शम्भु साहका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या भएको हो ।
शुक्रबार बिहान साढे १० बजेतिर अपहरणमा परेका बालकको शव कलैया उपमहानगरपालिका–२५ को खौरहीस्थित खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
उनका अनुसार बालकको अपहरणपछि ३० लाख रुपैंया फिरौती माग गरिएकोमा परिवारका सदस्यले सो रकम बुझाउन नसक्ने भन्दै ५ लाख दिने बताएपछि बालकको हत्या भएको हो ।बालकको हत्यामा संलग्न भएको आरोपमा साहको घरनजिकै बस्दै आएका विकास शर्मा, सिकिन्द्र साह र राम दिनेश महतोलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक ढकालले बताए । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरि कारबाहीको प्रकृया अगाडी बढाएको छ ।
May 29, 2019 12:27 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...