Tuesday 10th March 2026

रणवीर कपूरको करियरको टर्निङ प्वाइन्ट बन्यो ‘सञ्जु’

8 years अगाडी

अभिनेता रणवीर कपूरको करियरका लागि सञ्जय दत्तको जीवनमा आधारित फिल्म ‘सञ्जु’ ‘टर्निङ पोइन्ट’ बनेको छ । रणवीरले सन् २००७ मा फिल्म ‘सावरिया’ बाट बलिउडमा डेब्यू गरेका थिए । त्यसपछि ‘बचना ए हसिनो, अजब प्रेमकी गजब कहानी, रकेट सिंह, अन्जाना अन्जानी, रकस्टार, बर्फी, ये जवानी हे दिवानी, तमाशा, बेशर्म, ऐ दिल हे मुस्कील, जग्गा जासूससहित १८ वटा फिल्ममा मूख्य अभिनेताको रुपमा अभिनय गरिसकेका छन् । तर यी १८ फिल्मे मध्य उनका ३ वटा फिल्मले मात्रै १०० करोड कमाउन सफल भएका छन् ।

उनका फिल्महरु मध्ये फिल्म ‘ए दिल हे मुस्कील’, ‘बर्फी’ र ‘ये जवानी हे दिवानी’ले सय करोडको व्यापार गर्न सफल भएका थिए । रणवीरको १२ वर्षको बलिउड करियरमा यस किसिमको सफलता मिलेको थिएन जून सफलता उनले १९ औं फिल्म ‘सञ्जु’ बाट पाइरहेका छन् ।प्रदर्शनको पहिलो दिनबाटै ‘सञ्जु’ ले दर्शकलाई सिनेमाहल सम्म तान्न सफल भएको छ । जून २९ मा प्रदर्शन भएको यस फिल्मले प्रदर्शनको पहिलो दिनमै सर्वाधिक कमाई गर्दै २०१८ को पहिलो दिनमा सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ । ‘सञ्जु’ ले पहिलो दिनमा ३४.७५ करोड कमाई गर्दै यस अघि सलमान खानको फिल्म ‘रेस ३’ ले बनाएको रेकर्ड तोडिदिएको छ ।

          July 3, 2018 11:51 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...