सुत्केरी महिला र १८ दिनकी नवजात सिसुसहित तीन जनाको ज्यान गयो
पहिरोले घर पुरिँदा रोल्पामा तीन जनाको ज्यान गएको छ । नजिकैको पर्खाल भत्किएर आएको पहिरोले घर पुरिँदा रोल्पामा सुत्केरीसहित तीनजनाको मृत्यु भएको हो ।पहिरोले घर पुरिँदा २२ वर्षे सुत्केरी महिला कमला विक, १८ दिनकी छोरी आयुुसा र १५ वर्षीया चित्राको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।लगातार वर्षा भएपछि सुत्केरीसहित बिहान भान्छा कोठामा आगो तापेर बसिरहेको अबस्थामा पर्खाल भत्किएर उनीहरु पुरिएको प्रहरीका थिए ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पर्खाल भत्किएर रुन्टिगढी गाउँपालिका ५ सोइबाङमा ११ बजेतिर राजकुमार बिकको घर पुरिँदा उनकी श्रीमती कमला, १८ दिनकी छोरी र उनको दाइकी छोरी चित्राको ज्यान गएको हो ।यसैबीच अविरल वर्षाका कारण कैलालीमा कच्ची घर भत्किएर पुरिँदा कैलालीको गोदावरी नगरपालिका ९ धनचौरीकी ६२ वर्षीया दुथा रानाको ज्यान गएको छ ।घरमै सुतिरहेको बेला घर भत्किँदा उनी च्यापिएकी थिइन् । घर भत्किएर पुरिँदा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
July 3, 2018 11:55 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना