

आफ्नै प्रेमिकाको छुरा प्रहार गरि निर्ममता पूर्वक हत्या गर्नेलाई भयो यस्तो सजाय

काठमाडौं । नेपाली समाजमा पछिल्ला दिनहरुमा लगातार हत्या, हिंसा बलात्कार जस्ता घटनाहरु लगातार बढ्दै गएका छन् । यो बिचमा आफ्नै प्रेमीकाको हत्या भएको छ । विराटनगर १० का ३० बर्षीय दिनेश भट्टराईले आफ्नी पे्रमीकाको हत्या गरेका हुन् ।उनलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत मोरङका न्यायधिस नारायण प्रसाद शर्माको एकल इजलासले पीडित परिवारलाई एक लाख रुपैया क्षतिपूर्ति सहित अभियुक्त भटराईलाई जन्मकैदको फैसला गरेको हो ।
अभियुक्त दिनेशले १ भदौ २०७५ जरुरी भेटघाटको बहाना बनाएर ग्रामथान गाउँपालिका ३ सिद्राहा स्थित फलैचामा २ धारिलो हतियार प्रहार गरी सोही ठाउँकी २३ बर्षीया प्रेमिका शिखा घिमिरेको छुरा प्रहार गरि निर्ममता पूर्वक हत्या गरेका थिए । प्रहरीका अनुसार फलैचामा बसेको बेला दिनेशले प्रेमिकाको टाउको घाँटी, पेट, शरिरमा छुरा प्रहार गरेका थिए । धारिलो हतियार प्रहार गरी हत्या हुदै गरेको देखेका गाउँलेहरुले बाटो छेकेर घेरा हाली दिनेशलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । नयाँ फौजदारी अपराधसंहिता २०७४ लागू भएपछि जधन्य अपराध गर्नेहरुलाई जिवनभरका लागि जन्मकैद हुन्छ ।
यो पनि पढ्नुहोस्, पर्वत विहादी गाउँपालिकामा सात वर्षीया बालिका बलात्कृत भएकी छिन् । वडा नं. ५ उरामको खोरोपोखराकी ती बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्लाको पैयूँ गाउँपालिका ६ सरौँखोला घर भएका सुरजले खोरोपोखरामा रहेको चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम गर्दै आएका थिए । इलाका प्रहरी कार्यालय हुवासका प्रमुख प्रहरी निरीक्षक मित्रबहादुर आचार्यका अनुसार सुरजले विद्यालयको केही तल लगेर ती बालिकालाई जबर्जस्ती करणी गरेको स्वीकार गरेका छन् । घटनापछि भाग्दै गरेका उनलाई इलाका प्रहरी कार्यालयको टोलीले राति ८ बजे उरामबाट पक्राउ गरेको हो । पीडित बालिकालाई स्वास्थ्य परीक्षणको लागि स्याङ्जाको वालिङ अस्पतालमा पठाइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
May 31, 2019 2:03 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

अमेरिकाले डिपोर्ट गरेका ४८ नेपाली बंगलादेश हुँदै काठमाडौं आउँदै

दाङमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गाजाको अवस्था नर्कभन्दा पनि खराब : रेडक्रस

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

कुवेतबाट निरेम प्रोडक्सनद्वारा धरानका सामाजिक संस्थाहरू र मृगौला पीडितलाई सहयोग

सात वर्षअघि नै खारेज भएको सिन्डिकेट ब्युँत्याउने प्रयास : सडकमा आज पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई सास्ती

नेपाल कुवेत साँस्कृतिक मञ्चको तीज विशेष सांगीतिक धमाका २९ अगष्टमा गर्ने

संसदको अवरोध हटाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षको अडान

