डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु
डाेल्पा – डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुई जनाको लेक लागेर मृत्यु भएको हो ।
लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकलाई उपचारका लागि फोक्सुण्डो ताल नजिक पर्ने रिग्मो गाउँमा ल्याइपुर्याउँदा शनिबार बिहान मृत्यु भएको र जाजरकोट जिल्लाकै वर्ष २२ का रमेश चलाउनेको शुक्रबार प्यारी भोक्पा भन्ने ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी डोल्पाको ठूलीभेरी नगरपालिका–१ का वर्षीया ३८ का बुद्धि कार्कीको गएकाे बिहीबार दुना यार्सापाटनमा भिरबाट लडेर मृत्यु भएको थियो । लेक लागेर बिरामी पर्नेकोे सङ्ख्या बढ्दै गएकाले सर्वसाधारण धमाधम घर फर्कन थालेको बताइएको छ ।
एक महिनाअघि मात्रै यार्सा सङ्कलन गर्न आएका जुम्लाका दुई जनाले ज्यान गुमाएका थिए। गएकाे वैशाखदेखि हालसम्म जम्मा पाँच जनाले ज्यान गुमाइसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।
June 1, 2019 11:44 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग