जंगलको काफल बेचेरै ७५ हजार रुपैयाँ कमाउने ‘काफलवाली’ सम्मानित
अर्घाखाँची – जंगलको काफल बेचेर ७५ हजार रुपैयाँ कमाउन सफल काफलवाली अर्थात् गीता खत्री सम्मानित हुनुभएको छ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका –६ नरपानी उपल्लो जगात निवासी २२ वर्षीय गीता खत्रीले काफल बेचेरै ७५ हजार कमाउन सफल हुनु भएको हो ।
काफलवालीलाई शनिबार उपल्लो जगातमा भएको एक कार्यक्रममा सम्मान गरिएको छ । नरपानीको उपल्लो जगातमा सुरु गरिएको तुषारेपानी लिफ्टिङ खानेपानी योजनाको उद्घाटन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले उहाँलाई सम्मान गर्नुभएको हो ।
स्नातक तहमा अध्ययन गरिरहनु भएकी गीताले जंगलमा फलेको काफल सन्धिखर्क गोरुसिंगे सडकको नरपानीदेखि घुम्तीसम्मको क्षेत्रमा गाडीमा हिँड्ने यात्रुलाई बेचेर ७५ हजार रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको हो । गीता सन्धिखर्कको पाणिनी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ ।
June 2, 2019 11:26 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी