Friday 3rd April 2026

साढे ३५ अर्ब रुपैयाँ स्वीस बैंक राख्ने को हुन् नेपाली नागरिक ?

8 years अगाडी

स्वीट्जरल्याण्डको ‘स्वीस नेसनल बैंक’ मा नेपाली नागरिकहरूको खाता रहेको देखिएको छ । विदेशी ग्राहकहरूको सम्बन्धमा सार्वजनिक गरिएको विवरणमा नेपालीहरूले ३२ करोड २८ लाख ८० हजार फ्र्याङक जम्मा गरेको देखिएको हो ।

एक फ्र्याङ्क बराबर ११० रुपैयाँ हुन्छ, जसअनुसार नेपालीहरुको रकम ३५ अर्ब ५१ कराेड ६८ लाख रुपैयाँ हुन्छ । गोपनीयताको कानूनी आडमा ग्राहकको परिचय नखोल्ने गरी सार्वजनिक गरिएको सो विवरणमा नेपाली नागरिकले ३५ अर्ब ५१ करोड ६८ लाख रुपैयाँ जम्मा गरेको देखिन्छ ।

यदापी कसले जम्मा गरेको हो त्यो खुलेको छैन । साथै नेपाली ग्राहकको संख्या पनि खुलाइएको छैन । उक्त बैंकमा संसारका झण्डै दुई सय देशका मानिसको खाता रहेको र निक्षेपको आधारमा नेपाल १०९ औं हो ।

          July 3, 2018 1:05 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...