राष्ट्रपतिको अनौठो हर्कत : श्रीमतीकै अगाडी पाँच महिलालाई चुम्बन गर्दै भने, ‘यिनीहरुले मलाई समलिङ्गीहुनवाट जोगाए’
दुतेर्तेले यी महिलाका कारण नै उनको समलैङ्गिकताको उपचार हुन सकेको बताएका छन् । उनले यसो भन्नुको पछाडी एउटा कारण छ । त्यो हर्कत उनले विपक्षीलाई देखाउन गरेका हुन् । फिलिपिन्सका विपक्षी नेता एन्टोनियो त्रिलानेसले उनलाई समलिंगी भएको आरोप लगाएका थिए । त्यसैले त्यो हर्कत उनीमाथि केन्द्रीत भएको अनुमान गरिन्छ । दुतेर्तेले त्रिलानेसको अभियानले उनी समलिङ्गी भएको दर्साउने आरोप लगाउने गर्छन् ।
दुतेर्ते जापानमा बस्ने फिलिपिन्सका जनतालाई सम्बोधन गरिरहेका थिए । यहाँ विपक्षी नेतामाथि निशाना साँध्दै उनले भने, ‘म र त्रिलानेस कुनै बेला एउटै थियौं, तर महिलाका कारण म ठिक भएँ । म पुनः एक पुरुष बनेको छु ।’यति भनिसकेर उनले स्टेजमा उभिएका केही महिलालाई चुम्बनसमेत गर्न आग्रह गरे ।
मिडिया रिपोर्टका अनुसार दुतेर्तेले अविवाहित तर उमेरदार महिलालाई चुम्बन गर्न चाहेको बताए । त्यसपछि उनले एक युवतीतर्फ इशारा गरे । उनको इशारापछि पाँच महिला स्टेजमा उपस्थित भए र दुतेर्तेलाई चुम्बन गरे । भाषण सिद्धिएपछि राष्ट्रपतिले ‘अरु कोही मलाई चुम्बन गर्न चाहनुहुन्छ’ भनेर सोधे तर कोही महिला स्टेजमा उत्रिएनन् । यो घटनाको भिडियो क्लिप सोसल मिडियामा निकै चर्चित भइरहेको छ ।
स्टेजमा आफ्नो व्यवहारका लागि विवादमा आइसकेका छन् : दुतेर्ते यसअघि पनि थुप्रै पटक स्टेजमा आफ्नो व्यवहार र बयानका कारण विवादमा आइसकेका छन् । यसैवर्ष उनले एक भाषणमा बाइबलको विरोध गरेका थिए । साथै भगवानका लागि आपत्तिजनक शब्दको प्रयोग गरेका थिए । त्यसपछि क्याथोलिक बहुसंख्यक देश फिलिपिन्समा विवाद भयो । विवाद चर्किएपछि यदि कसैले भगवान छन् भनेर पुष्टि गर्न सके आफूले तुरुन्त राजीनामा दिने भन्दै पन्छिए ।
June 2, 2019 12:33 pm | प्रवास