चीनको यो दुर्लभ खनिज, जसले अमेरिकालाई समेत तनाव दिन्छ
बेइजिंग (एजेन्सी) । अमेरिकासँग व्यापार युद्ध चर्किरहेका बेला चीनले बेला बेलामा संकेत दिइरहेको छ की उसले अमेरिका निर्यात हुने दुर्लभ खनिजमा प्रतिबन्ध लगाउन सक्छ । चीन यी दुर्लभ खनिजहरुको सबैभन्दा ठूलो उत्पदाक देश हो । जसको अधिकांश अमेरिकी उद्योगलाई अति आवश्यक पछए । उदाहरणका लागि सबैभन्दा तिब्ररुपमा विकास भइरहेको इलेक्ट्रिक कार र पवन चक्किहरुमा यसको उपयोग हुन्छ ।
गएको वर्ष अमेरिकी भूगर्भीय सर्वेमा यी खनिहरुको अर्थव्यवस्था र राष्ट्रिय सूरक्षामा निकै महत्वपूर्ण भूमिका रहेको निश्कर्ष निकालिएको थियो। चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले यसै हप्ता ट्वीट गर्दै चीनले अमेरिका निर्यात हुने दुलर्भ खनिजहरुमाथि प्रतिबन्ध लगाउने विषयमा गम्भीरतापूर्वक सोचिरहेको बताएको थियो । दुर्लभ खनिज जसलाई रेयर अथ्र्स पनि भनिन्छ । यो १७ धातुहरुको समूह हो । जसको प्रयोग धेरै क्षेत्रमा हुन्छ । जसमा वैकल्पिक ऊर्जा प्रविधि, तेल रिफाइनरी, इलेक्ट्रनिक्स र ग्लास उद्योग पर्छन् ।
यी खनिजलाई दुर्लभ भनिन्छ । तर, अमेरिकी जियोलोजिकल सर्वेका अनुसार पृथ्र्वीको भित्री भागमा यी खनिज पर्याप्त मात्रामा पाइन्छन् ।
तर, संसारका केही स्थानमा मात्र यी खनिजका लागि उत्खनन् हुन्छ वा उत्पादन गरिन्छ । यसको उत्पदान निकै जटिल र वातावरणका लागि निकै नोक्सानी गर्ने खालको हुन्छ । चीन संसारमा उत्पादन हुने यस्ता खनिजको ७० प्रतिशत उत्पादन गर्छ । म्यानमार, अष्ट्रेलिया र अमेरिकामा पनि यी खनिजको उत्पदान हुन्छ । तर, निकै कम मात्रामा ।
अन्य दुर्लभ खनिजहरुको उत्पादनमा चीनको दबदबा छ । गएको वर्ष उपयोग गर्न लाष्क अर्थ अक्साइडको ९० प्रतिशत उत्पादन एक्लै चीनले गरेको थियो बाँकी उत्पादन मलेशिया र एक अष्ट्रेलियन कम्पनीले गर्छ । तीनको तथ्यांक विभागका अनुसार गएका पाँच वर्षहरुमा चीनको दुर्लभ अर्थ अक्साईडको निर्यात लगभग दुई गुणा बढेको छ । अमेरिकी सरकारी तथ्यांकअनुसार अमेरिका आफ्नो आवश्यकताको ८० प्रतिशत दुर्लभ खनिज चीनबाट आयात गर्छ । यसका साथै एस्टोनिया, फ्रान्स र जापान पनि दुर्लभ खनिजहरु अमेरिकालाई निर्यात गर्छन् । तर, यसको कच्चा पद्र्धाथ चीनबाटै उपलब्ध हुन्छ ।
अमेरिकामा पनि दुर्लभ खनिजको खानी छ । तर त्यहाँबाट पनि कच्चा पद्र्धाथ प्रोसेसिंगका लागि चीन पठाइन्छ । जसमा चीनले पहिला नै २५ प्रतिशत कर लगाएको छ । अमेरिकाका लागि मलेशिया विकल्प हो । तर, यसले आवश्यकता पूरा गर्न सक्दैन । यसका साथै वातावरणमा पर्ने प्रतिकुल प्रभावका कारण मलेशियाले पनि यसको उत्पादनमा प्रतिबन्ध लगाउने धम्की दिइरहेको छ । यस्तो सम्भावना छ तर यसमा समय लाग्न सक्छ । यदि यस्तो भयो भने पनि कच्चा पद्धार्थको हाहाकार मच्चिन सक्छ ।
खासमा १९८० को दशकमा अमेरिका रेयर अथ्र्सको सबैभन्दा ठूलो उत्पादक थियो । यसअघि चीनले दुर्लभ खनिजको निकै कम निर्यात गथ्र्यो । २०१० मा जापानसँग भएको क्षेत्रीय विवादपछि चीनले निर्यात बढाउन शुरु गरेको हो । यदि अमेरिका निर्यात हुने दुलर्भ खनिजहरुको निर्यातमा प्रतिबन्ध लगाउने हो भने अमेरिकाका ठूला उद्योगहरुले ट्रिलियन डलरको नोक्सानी ब्यहोर्नुपर्ने हुनसक्छ । जो उद्याये पूर्णरुपमा यी खनिजमाथि निर्भर छन् ।
June 2, 2019 2:39 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग