Monday 9th June 2025

पाँच विद्यार्थीको हात भाँच्ने शिक्षिका पक्राउ

6 years अगाडी

काठमाडौं । रोल्पाको एक स्कुलमा शिक्षिकाको कुटाइबाट ४ छात्राको हात भाँच्चिएको छ भने १४ जना घाइते भएका छन् । विद्यार्थीमाथि कुटपिट गरेर मिलापत्र भएको ८ दिनपछि सोमबार शिक्षिका पक्राउ परेकी छिन् । रुन्टीगढी गाउँपालिका–८ मगरगोरीस्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनले प्रार्थना समयमा नआएको भन्दै विद्यार्थीहरुलाई जेठ १२ गते कुटपिट गरेकी थिइन् ।

विद्यालयका प्रधानाध्यापक झगबहादुर भण्डारी पुनलाई निमित्त प्रअको जिम्मेवारी दिएर गाउँपालिकाले गरेको एसआईटी ट्रेनिङमा गएका बेला लक्ष्मीले विद्यार्थीमाथि कुटपिट गरेकी हुन् । उनले प्रार्थना समयमा नआइपुगेको भन्दै १४ जनालाई कुर्सीको खुट्टाले कुटपिट गरेकी थिइन् । शिक्षिकाको पिटाइबाट भीमकुमारी बाँठा, गौरी घर्ती, निर्मला पुन, शान्ता नेपाल र विमला रोकाको हात भाँचिएको छ । ‘कसैको हड्डी चर्किएको र कसैको भाँच्चिएको प्रअ भण्डारीले आलाइनखबरलाई बताए ।

शिक्षिकाको कुटाइबाट हात भाँच्चिएको खबर एक सातासम्म गुपचुपजस्तै रहे पनि पत्रपत्रिकामा सार्वजनिक भएपछि प्रहरीले फेरि घटनाबारे चासो देखाएको छ । शिक्षिका पुनलाई सोमबार पक्राउ गरिएको छ । इप्रका होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाईँका अनुसार अहिलेसम्म अभिभावकले जाहेरी दिएका छैनन् । जाहेरी दर्ता भए त्यसअनुसार कारबाही चलाइनेछ । ‘नभए शान्ति सुरक्षामा खलल पु¥याएको कसुरमा कारबाही गर्छौं’ चापागाईँले भनेका छन् ।

मिलापत्रपछि चेकजाँच : जेठ १२ गते बिहान घटना भएको थियो । बेलुका स्कुल छुट्टी भएपछि विद्यार्थीहरु घर गए । उनीहरुमध्ये धेरै कुटाई खाएका पाँचजनाको हात राम्ररी नचलेपछि अभिभावकले विद्यालयमा भएको घटनाबारे थाहा पाए । भोलिपल्ट विप्लवको नेपाल बन्दका कारण स्कुल खुलेन ।

जेठ १४ विद्यार्थीहरुले स्कुलमा ताला लगाए । अभिभावकले आफूहरुले पैसा दिएर राखेको शिक्षिकाले आफ्नै नानीहरुलाई कुट्ने भन्दै शिक्षिकालाई बर्खास्त गर्न माग गरे । कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा तीनजना शिक्षकको मात्रै दरबन्दी छ । बाँकी निजी स्रोतबाट राखिएका छन् । लक्ष्मी पुन पनि निजी स्रोतकी शिक्षिका हुन् ।

वडाध्यक्ष भीमबहादुर पुन विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष समेत थिए । उनकै पहलमा विद्यार्थीहरुको उपचार गर्ने र शिक्षिकालाई बर्खास्त गर्ने गरी मिलापत्र भयो । तर, भोलिपल्ट शिक्षिका पुनले उपचार खर्च पनि दिनुपर्ने, कारबाही पनि भोग्नु पर्ने भन्दै विरोध गरेपछि यो विषय इलाका प्रहरी कार्यालय होलेरीमा पुग्यो

प्रहरीले १६ जेठमा गाउँपालिका अध्यक्ष बालाराम बुढा, गाउँपालिकाका शिक्षा हेर्ने अधिकारी, अभिभावक र कुटाइ खाने विद्यार्थी लगायतलाई बोलाएर छलफल गरे । त्यही छलफलका आधारमा विद्यार्थीहरुको चेकजाँचका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो । स्वास्थ्यकर्मीले एक्सरे गर्नुपर्ने बताएपछि उनीहरुलाई दाङ झारियो ।

दाङमा एक्सरे गर्दा १४ जनाको हात भाँचिएको पुष्टि भएको हो । शिक्षिका पुनले भने राम्रोका लागि कुटपिट गरेको बताएकी छन् । स्थानीयका अनुसार एक वर्षअघि पनि पुनको कुटाइबाट एक विद्यार्थीको कानमा समस्या भएको थियो ।

          June 4, 2019 12:26 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...