विरोध प्रदर्शनको खबर ‘फेक न्यूज’ : अमेरिकी राष्ट्रपति ट्रम्प
तीन दिने बेलायत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो दिन बेलायतका वरिष्ठ नेताहरुसँग भेटघाट गरेका छन् । राष्ट्रपति ट्रम्पले बेलायत भ्रमणको क्रममा आफूविरुद्ध हजारौँ व्यक्तिहरुले प्रदर्शन गरेको खबर झुठो भएको बताएका छन् । यसअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले अमेरिकी राष्ट्रपति ट्रम्पको विरोधमा हजारौँ प्रदर्शनकारीहरुले बेलायतमा प्रदर्शन गरेको बताएका थिए ।
यसअघि राष्ट्रपति ट्रम्पले बेलायतका मेयर सादिक खानको आलोचना पनि गरेका थिए । ट्रम्पले ट्वीट गर्दै भनेका थिए, ‘सादिक खानले लण्डनको मेयर भएर निकै खराब काम गरिरहेका छन् । अमेरिकी राष्ट्रपतिको बेलायत भ्रमणलाई लिएर अनावश्यक टाउको दुखाइरहेका छन् । उनले मभन्दा पनि बेलायतको अपराधमाथि ध्यान दिनु राम्रो हुन्छ ।’
त्यस्तै बेलायतका मेयर सदिक खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागतका लागि ‘रेड कार्पेट’ बिछ्याउन जरुरी नभएको बताएका थिए । यसअघि पनि यी दुईबीच आरोप प्रत्यारोप नचलेको भने होइन । जब अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत पुगे, तब यी दुईबीच ‘ट्विटर वार’ सुरु भएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ब्रेक्जिट (यूरोपियन युनियनबाट बाहिर हुने प्रक्रिया) सम्झौतापछि बेलायत र अमेरिकाको व्यापारमा बढोत्तरी हुने बताएका छन् । ‘ब्रेक्जिट सम्झौता लगत्तै बेलालयत र अमेरिकाको व्यापार तीन गुणा बढ्ने सम्भावन रहेको छ,’ राष्ट्रपति ट्रम्पले भने ।
June 5, 2019 12:11 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग