विरोध प्रदर्शनको खबर ‘फेक न्यूज’ : अमेरिकी राष्ट्रपति ट्रम्प
तीन दिने बेलायत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो दिन बेलायतका वरिष्ठ नेताहरुसँग भेटघाट गरेका छन् । राष्ट्रपति ट्रम्पले बेलायत भ्रमणको क्रममा आफूविरुद्ध हजारौँ व्यक्तिहरुले प्रदर्शन गरेको खबर झुठो भएको बताएका छन् । यसअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले अमेरिकी राष्ट्रपति ट्रम्पको विरोधमा हजारौँ प्रदर्शनकारीहरुले बेलायतमा प्रदर्शन गरेको बताएका थिए ।
यसअघि राष्ट्रपति ट्रम्पले बेलायतका मेयर सादिक खानको आलोचना पनि गरेका थिए । ट्रम्पले ट्वीट गर्दै भनेका थिए, ‘सादिक खानले लण्डनको मेयर भएर निकै खराब काम गरिरहेका छन् । अमेरिकी राष्ट्रपतिको बेलायत भ्रमणलाई लिएर अनावश्यक टाउको दुखाइरहेका छन् । उनले मभन्दा पनि बेलायतको अपराधमाथि ध्यान दिनु राम्रो हुन्छ ।’
त्यस्तै बेलायतका मेयर सदिक खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागतका लागि ‘रेड कार्पेट’ बिछ्याउन जरुरी नभएको बताएका थिए । यसअघि पनि यी दुईबीच आरोप प्रत्यारोप नचलेको भने होइन । जब अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत पुगे, तब यी दुईबीच ‘ट्विटर वार’ सुरु भएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ब्रेक्जिट (यूरोपियन युनियनबाट बाहिर हुने प्रक्रिया) सम्झौतापछि बेलायत र अमेरिकाको व्यापारमा बढोत्तरी हुने बताएका छन् । ‘ब्रेक्जिट सम्झौता लगत्तै बेलालयत र अमेरिकाको व्यापार तीन गुणा बढ्ने सम्भावन रहेको छ,’ राष्ट्रपति ट्रम्पले भने ।
June 5, 2019 12:11 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार