

विद्यार्थी कुट्ने शिक्षिकालाई ‘अभद्र व्यवहार’ मुद्दा

रोल्पा । विद्यार्थीको हात भाचिने गरी कुटपिट गर्ने शिक्षिकालाई मुद्दा चलाइने भएको छ । चौध विद्यार्थी घाइते हुने गरी कुटपिट गरेकी ती शिक्षकाले पाँच विद्यार्थीको हातसमेत भाँचिदिएकी छन्। स्थानीय रुम्टीगढी गाउँपालिका–८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले ‘अभद्र व्यवहार’सम्बन्धी मुद्दा चलाउने तयारी गरेको जिल्ला प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि १० दिन म्याद थप गरी होलेरी इलाका प्रहरी कार्यालय शिक्षिका पुनलाई सोमबार विद्यालय छुट्टी भएपछि प्रहरीले पक्राउ गरेको थियो।
अपराध संहिता २०७४ को दफा ११८ बमोजिम उहाँलाई एक वर्षसम्म कैद वा रु १० हजारसम्म जरिवाना वा दुवै सजायसम्म हुनसक्ने कानूनविद्हरुले बताएका छन्।उनले विद्यार्थीलाई कुटपिट गरी हातै भाँचिदिएको खबर सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख ९प्रहरी नायब उपरीक्षक दीपक खड्काले पक्राउ गर्न निर्देशन दिएका थिए। सो घटनामा कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका थिए । आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हातको प्लाष्टर गरिएको थियो।
उनीहरूको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको उपचारमा संलग्न चिकित्सक घनश्याम शर्माले जानकारी दिए। शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै लट्ठीले अन्धाधुन्ध हिर्काउँदा विद्यार्थी घाइते भएका थिए। आफूहरु लाइन लाग्दै गरेको बेला उनले अन्धाधुन्ध लट्ठी चलाउन शुरु गरेको छात्रा भीमकुमारी बाँठाले बताए । घटना वैशाख १२ गते भएको भए पनि वडा नं ८ का वडाध्यक्ष भीमबहादुर घर्तीको रोहवरमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र गराइएको हल्लेरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिए।
June 5, 2019 12:33 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

अमेरिकाले डिपोर्ट गरेका ४८ नेपाली बंगलादेश हुँदै काठमाडौं आउँदै

दाङमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गाजाको अवस्था नर्कभन्दा पनि खराब : रेडक्रस

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

कुवेतबाट निरेम प्रोडक्सनद्वारा धरानका सामाजिक संस्थाहरू र मृगौला पीडितलाई सहयोग

सात वर्षअघि नै खारेज भएको सिन्डिकेट ब्युँत्याउने प्रयास : सडकमा आज पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई सास्ती

नेपाल कुवेत साँस्कृतिक मञ्चको तीज विशेष सांगीतिक धमाका २९ अगष्टमा गर्ने

संसदको अवरोध हटाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षको अडान

