कमजोरी भए सच्याऔं र अघि बढौं,नेकपाका प्रवक्ता श्रेष्ठ भन्छन्-आत्मसमीक्षा गरौं
काठमाडौं, १९ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले वाम क्रान्त्रीकारीहरु जुनसुकै रुपको वर्गसंघर्षमा पनि खरोरुपमा उत्रनुपर्ने बताएका छन् । राष्ट्रिय स्वाधिनताको रक्षा, भ्रष्टाचारको उन्मुलन, सुशासनको स्थापना र सामाजिक न्यायसहितको समृद्धिको लक्ष हासिल गर्नका लागि खरोरुपमा उत्रनुपर्ने उनको भनाई रहेको छ ।
सामाजिक संजाल ट्वीटरमार्फत् प्रवक्त श्रेष्ठले यस्तो कुरा बताएका हुन् । उनले यसका लागि आत्मसमीक्ष गरेर कमजोरी भए सच्याउँदै अघि बढ्नुपर्ने सुझाव दिएका छन् । ट्वीटरमार्फत प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘बाम क्रान्तिकारीहरु जुनसुकै रुपको वर्गसंघर्षमा पनि खरो उत्रनु पर्छ। यतिबेला त्यसमा खरो उत्रनु भनेको राष्ट्रिय स्वाधिनताको रक्षा, भ्रष्टाचारको उन्मुलन, सुशासनको स्थापना र सामाजिक न्यायसहितको समृद्धिको लक्ष हासिल गर्न सफल हुनु हो। आत्मसमीक्षा गरौं, कमजोरी भए सच्याऔं र अघि बढौं। दृढ बनौं।’
July 3, 2018 3:46 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना