बाढीपहिरो र डुवानमा परेर २२ जनाको मृत्यु
काठमाडौँ, २० असार। बाढी, पहिरो र डुबानमा परेर सोमबार र मङ्गलबार गरी मुलुकका विभिन्न स्थानमा २२ जनाको मृत्यु भएको छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले मङ्गलबार साँझसम्म नौ जना घाइते तथा दुई जना बेपत्ता भएको जानकारी समेत दिएको छ ।केन्द्रले बाँकेमा चार जना, रोल्पामा तीन जना, सिन्धुली, सर्लाही, पर्सा र तनुहँमा दुई÷दुई जना, कैलाली, चितवन, महोत्तरी, काठमाडौं, उदयपुर, सिरहा र दाङमा एक÷एक जनाको मृत्यु भएको जानकारी दिएको छ । केन्द्रमा कार्यरत गोवद्र्धन कार्कीले सर्लाही र तनहुँमा एक÷एक जना वेपत्ता भएको, तनहुँमा तीन जना, पर्सा र मकवानपुरमा दुई÷दुई जना, कैलाली र उदयपुरमा एक÷एक जना घाइते भएको जानकारी दिए ।
मनसुन कमजोर बन्दै
केही दिनदेखि पश्चिम नेपालमा सक्रिय मनसुन कमजोर बन्दै जाने अनुमान गरिएको छ । पश्चिम तराईको भूभागमा केही दिनदेखि सक्रिय मनसुन बुधबारदेखि कमजोर बन्दै जाने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।महाशाखाका मौसमविद् मीनकुमार अर्यालले पश्चिम नेपालमा मनसुन कमजोर हुने देखिए पनि मध्य तराई, पूर्वी नेपालमा भने अझै केही दिन सक्रिय नै रहने जानकारी दिए । उनले ती क्षेत्रमध्ये केही स्थानमा भारी वर्षा हुने जानकारी दिए । मौसम पूर्वानुमान महाशाखाका अनुसार, यो वर्ष मनसुन जून ८ मा नेपालको पूर्वी भागबाट प्रवेश गरी जून २७ देखि मुलुकभरि सक्रिय भएको हो । हरेक वर्ष १० जूनमा नेपालको पूर्वी भूभागमा र १२ जूनमा काठमाडौँमा मनसुन सुरु हुने गर्छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना