आफ्नै परिवारका सदस्यमाथि धारिलो हतियार प्रहार गर्दा तीन जना घाइते
सिन्धुली – दुधौली नगरपालिका–१३ ठाकुरदमार निवासी ४५ वर्षीय तिलकबहादुर खत्रीले धारिलो हतियार प्रहार गरी आफ्नै परिवारका तीन जनालाई घाइते बनाएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मानसिक सन्तुलन ठीक नभएका खत्रीले श्रीमती ४० वर्षीया कृतीकुमारी, बुहारी २२ वर्षीया सपना र १९ वर्षीय सुरेश खड्का (कृती कुमारीको भदा) लाई खुर्पाले हिर्काएर घाइते बनाएका हुन् ।
हतियार प्रहारबाट गम्भीर घाइते भएका कृतीकुमारी र सुरेशलाई उपचारका लागि विराटनगर पठाइएको छ । बुहारी सपनाको भने स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । खुर्पा प्रहारबाट कृतीकुमारीको टाउको र पेटमा तथा सुरेशको तिघ्रामा गम्भीर चोट लागेको छ । बुहारी सपनाको हातमा चोट लागेको छ । खुर्पा प्रहार गर्ने तिलकबहादुरलाई इलाका प्रहरी कार्यालय डकाहाबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
June 11, 2019 10:56 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत