चट्याङ लागेर एक बालिकाको मृत्यु, तीन घाइते
परशुरामधाम। डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया सङ्गीता भाट रहेकी छन्। आज बिहान घरमै चट्याङ लागेको र उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।
बिहान ७ बजेतिर विद्यालय जानका लागि तयारी गरिरहेको बेला उनलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए। सङ्गीता भागेश्वर मावि शीर्षमा कक्षा ८ मा अध्ययनरत थिइन्।
प्रहरी निरीक्षक पाण्डेयका अनुसार चट्याङ लागेर सोही ठाउँका अन्य तीन घाइते भएका छन्। घाइते हुनेमा ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट रहेका छन्। मीना मृतक सङ्गीताकी दिदी हुन्। घाइतेमध्ये भरतको अवस्था गम्भीर रहेको उनले जानकारी दिए।
June 12, 2019 12:24 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी