

समाजसेवी ईशा गुरुङको सहयोगमा गाउँमै बन्यो विद्यालय ,स्थानीय हर्षित

काठमाडौं । ईशा गुरुङ सबैले सुनेको नाम हो । लामो समयदेखि बेलायतमा बस्दै आउँनु भएकी उहाँ लामो समय देखि समाजसेवामा आवद्ध हुनुहुन्छ । नेपालमा दर दराजका गाउँहरुमा उहाँको सामाजिक कामको चर्चा हुने गर्दछ ।उहाँले पश्चिम कैलालीको कचालीमा छाप्रोमा अध्यनरत बालबालिकाहरुलाई आर्थिक सहयोग गर्नुभएको छ ।
समाजसेवी गुरुङले अभियानबाट ८ लाख ५५ हजार ५ सय ५५ रकम सहयोग गर्नुभएको छ । उक्त रकम गत आइतबार सामाजिक अभियन्ता अर्जुन भुषालको रोबरमा बिद्यालयलाई हस्तान्तरण गरिएको छ ।
सानो छाप्रोमा अध्यन गरिरहेका बालबालिकाहरुको भवन निर्माणमा आर्थिक अपुग भएपछी गुरुङको पहलमा दुइ हप्ते अभियान चलाइएको थियो । उक्त अभियानमा देश बिदेशमा रहेका ९१ जना मनकारी दाताहरुले सहयोग गर्नुभएको गुरुङले जानकारी दिनुभयो । रकम हस्तान्तरण पछि उहाँले सहयोगी दाताहरुलाई धन्यबाद प्रकट गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘अझै स्कुल भबनहरू गाउँ–गाउँमा बन्नु पर्छ, कुनै पनि बालबालिकाहरू गोठ र बारीमा पढन नपरोस ।’ गुरुङको पहलमा सहयोग पाएपछि स्थानीयबासी खुःशी भएका छन् ।
दुर्गमबासीलाई सहयोग र माया गरेको भन्दै गुरुङलाई स्थानीयले दिर्घायुको कामना पनि गरेका छन् । बिद्यालय भवन निर्माण कार्य अन्तिम अबस्थामा रहेको अभियन्ता अर्जुन भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त भवन अब केहि दिनमै हस्तान्तरण हुनेछ ।
June 13, 2019 3:53 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

अमेरिकाले डिपोर्ट गरेका ४८ नेपाली बंगलादेश हुँदै काठमाडौं आउँदै

दाङमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गाजाको अवस्था नर्कभन्दा पनि खराब : रेडक्रस

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

कुवेतबाट निरेम प्रोडक्सनद्वारा धरानका सामाजिक संस्थाहरू र मृगौला पीडितलाई सहयोग

सात वर्षअघि नै खारेज भएको सिन्डिकेट ब्युँत्याउने प्रयास : सडकमा आज पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई सास्ती

नेपाल कुवेत साँस्कृतिक मञ्चको तीज विशेष सांगीतिक धमाका २९ अगष्टमा गर्ने

संसदको अवरोध हटाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षको अडान

