Friday 3rd April 2026

बाढी-पहिरोबाट ज्यान गुमाउने परिवारलाई एक लाख दिने सरकारको घोषणा

8 years अगाडी

काठमाडाैँ – तीन दिन यता बाढी तथा पहिरोबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । दुई जना अझै वेपत्ता भएको गृहमन्त्रालयले जानकारी दिएको छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जानेक्रम उस्तै छ भने तराईका विभिन्न भागमा डुवान भएको छ । बाढी र पहिरोबाट अहिलेसम्म ८ जना गम्भिर घाईते भएका छन् । बाढीका कारण पहाड र तराई क्षेत्रका १५ जिल्ला प्रभावित भएका छन् । बाढी र पहिरोका कारण हालसम्म वाँकेमा ४ जना, रोल्पामा ३ जना, सिन्धुली, पर्सा, सर्लाही जिल्लामा २/२ जनाको मृत्यु भएको छ ।

कैलाली, चितवन, काठमाडौं, तनहुँ, उदयपुर, सिराह, दाङ, र महोत्तरीमा १/१ जनाले ज्यान गुमाएका छन् । यस्तै, सर्लाही र तनहुँमा गरि २ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी राखिएको गृह मन्त्रालयले जनाएको छ । सरकारले प्राकृतिक प्रकोपबाट घाइते भएमा ५० हजार र मृत्यु भएमा १ लाख रुपैयासम्म राहत दिने व्यवस्था छ ।

          July 4, 2018 12:12 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...