आगलागीमा आधा दर्जनभन्दा बढी ग्यास सिलिण्डर विस्फोट, तीन ओटा होटल जलेर नष्ट
7 years अगाडी
Susma Dhakal
धनुषा – जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकमा बिहीबार बिहान आगलागीका कारण होटलमा राखिएको ग्यास सिलिण्डर पड्किँदा तीन ओटा होटल जलेर नष्ट भएको छ ।कदम चोकमा रहेको गोविन्द मिष्टान्न भण्डारमा आगलागी भएको थियो । आगलागीमा परेर ग्यास सिलिण्डर पड्किँदा छेउको सियाराम मिष्टान्न भण्डार र अर्को एक होटलसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
होटेल भित्र एकैठाउँमा राखिएको आधा दर्जनभन्दा बढी खाना पकाउने ग्यासको सिलिण्डर क्रमशः विस्फोट भएको थियो । विस्फोटमा मानवीय क्षति भने भएको छैन । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । गोविन्द मिष्टान्न भण्डारमा बिजुली सर्ट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
June 20, 2019 10:20 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
Loading...