कपाल पाल्ने र मुन्द्रा लगाउनेलाई निगरानी, केहीलाई परिवारको जिम्मा
काठमाडौँ । लागुऔषधबाट जिल्लामा शान्ति सुरक्षाको अवस्था बिग्रन नदिन चितवन प्रहरीले अभियान शुरु गरेको छ। प्रहरीले लागुऔषध सेवनकर्ता, बेचबिखन गर्ने, चुल्ठे तथा मुन्द्रेलाई पक्राउ गरी उनीहरुको अभिभावकलाई सन्तानले गर्दै आइरहेको क्रियाकलापको बारेमा जानकारी दिई जिम्मा लगाउने काम गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बुधबार जिल्लाका विभिन्न ठाउँबाट ४० लागुऔषध आरोपीलाई पक्राउ गरिएको बताए।
प्रहरी उपरीक्षक मल्लले लागुऔषध सेवन गरिरहेको अवस्थामा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। यो अभियानलाई निरन्रता दिइने उनले बताए। पक्राउ परेकाहरुलाई प्रहरीले लागुऔषधको सेवनबाट पर्ने असरका बारेमा प्रशिक्षण दिने गरेको छ। त्यस्तै लागुऔषध कारोबारमा पक्राउ परेकालाई मुद्दा दर्ता गरेर कानूनी कारवाही अघि बढाइने चितवन प्रहरीले जनाएको छ।
June 20, 2019 10:53 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत