

खोटाङमा शृङ्खलाबद्ध तीन महिलाको हत्या, दोषी अझै पत्ता लागेन

खोटाङ । खोटाङमा बिभिन्न तीन स्थानमा महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बितेपिन प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न सकेको छैन् । जिल्ला प्रहरी कार्यालय खोटाङ र नेपाल प्रहरीको विशेष टोलीले अनुसन्धान गरे पनि दोषी पत्ता लाग्न नसकेकाे हाे ।विसं २०७३ माघ २६ गते बुधबार बिहान खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रीता तामाङ मृत फेला परेकी थिइन् । २०७४ जेठ १६ गते हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्मा र २०७४ साउन ४ गते जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्कर्माको शव हत्या गरिएको अवस्थामा फेला पारेको थियो ।
तर घटनामा संलग्न दोषी पहिचानका लागि अनुसन्धान जारी रहे पनि दोषी पत्ता नलाग्दा प्रहरीमाथि नै प्रश्न उठ्न थालेको छ । सिम्पानी बजारका होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रीताको शव कुसेऔँशी जङ्गलको बाटोभन्दा करीब ४० मिटर तल भिरमा भेटिएको थियो । घटनास्थलमा झारपात मडारिएको, शव घस्रिएको पाइएकाले युवतीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएको थियो ।
स्याउला काटेर घर फर्कनेक्रममा इलाका प्रहरी कार्यालय हलेसीभन्दा करीब पाँच मिनेटको पैदल दूरीमा ज्ञानीमायाको हत्या भएको थियो । माइतीघर जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयबाट घर फर्कने क्रममा सम्पर्कविहीन बनेको दोस्रो दिन फेला परेकी देवीको शव सडकभन्दा करीब ५०० मिटर तल कम्मरमुनि कपडा खोलिएको, टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएको थियो ।
तीन महिलाको शृङ्खलाबद्ध हत्या भएपछि जिल्लास्थित महिला अधिकारकर्मीले तत्काल दोषी पत्ता लगाएर हत्यारालाई कानूनी कठघरामा ल्याउन प्रहरीलाई दवाब दिइरहेका छन् । शृङ्खलाबद्ध हत्या प्रकरणका दोषी पत्ता नलागेको बारेमा गत भदौ १ गते गृहमन्त्री रामबहादुर थापालाई भेटेर जानकारीसमेत गराइएको थियो । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष देवान किराती ‘पृथ्वी’को नेतृत्वमा गएको टोलीले गृहमन्त्री थापालाई निवासमा भेटेर तत्काल हत्यारा पत्ता लगाएर कारवाही गर्न माग गरेको थियो ।चाँडै नै परिणाम आउने गरी आफूले कारवाहीको प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए पनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन ।
यसबीचमा जिल्ला प्रहरी कार्यालय खोटाङमा चार प्रहरी प्रमुख फेरिए । प्रहरी नायव उपरीक्षक नवीनकिशोर प्रधान, लोकदर्शन थापा र राजकुमार केसी सरुवा भएर अन्यत्र गए । हाल प्रनाउ वामदेव गौतमले प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।तीन महिला हत्या प्रकरणका बारेमा आफू प्रहरी प्रमुख भएर खोटाङ आउनासाथ अनुसन्धान थालेको प्रनाउ गौतमले बताए ।
“अहिले फाइल अध्ययन गरेर घटनाको बारेमा बुझ्ने काम गरिरहेको छु”, उले भने “तत्काल दोषी पत्ता नलागे पनि उम्कनेवाला छैन, पुरानो घटना भएकाले केही समय लाग्न सक्छ जिल्लामा सरुवा भएर आउने सबै प्रहरी प्रमुखलाई घटनाबारे जानकारी गराइएको महिला अधिकारकर्मी एवं पूर्वसभासद् दुर्गाजयन्ती राईले बताए । “हामीले सबै सुरक्षा प्रमुखलाई घटनाका बारेमा जानकारी गराएका छौँ”, उनले भने “अहिलेसम्म दोषी पत्ता नलाग्नुमा प्रहरीमाथि नै आशङ्का गर्नुपर्ने अवस्था आएको छ ।” रासस
June 20, 2019 11:54 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

अमेरिकाले डिपोर्ट गरेका ४८ नेपाली बंगलादेश हुँदै काठमाडौं आउँदै

दाङमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गाजाको अवस्था नर्कभन्दा पनि खराब : रेडक्रस

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

कुवेतबाट निरेम प्रोडक्सनद्वारा धरानका सामाजिक संस्थाहरू र मृगौला पीडितलाई सहयोग

सात वर्षअघि नै खारेज भएको सिन्डिकेट ब्युँत्याउने प्रयास : सडकमा आज पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई सास्ती

नेपाल कुवेत साँस्कृतिक मञ्चको तीज विशेष सांगीतिक धमाका २९ अगष्टमा गर्ने

संसदको अवरोध हटाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षको अडान

