चितवनको इच्छाकामना मन्दिरको पुनःनिर्माण शुरु
मुग्लिन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–५ मा रहेको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिरको पुनःनिर्माण कार्य शुरु भएको छ। सो मन्दिरको शनिबार प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले शिलान्यास गरेकी छन्। मन्दिरको शिलान्यास गर्दै प्रमुख कोइरालाले धार्मिकस्थलको संरक्षणमा जुट्न सबैलाई आग्रह गर्दै उनले मन्दिर पुनःनिर्माणका लागि आफ्नोतर्फबाट आवश्यक पहल गर्ने आश्वासन दिईन्।जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले इच्छाकामना धार्मिक र पर्यटकीयस्थल रहेको थलो भएको बताए। गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले इच्छाकामनाको विकासविना समृद्ध चितवन बन्न नसक्ने भन्दै यहाँका धार्मिक तथा पर्यटकीयस्थलको विकासमा विशेष जोड दिनुपर्ने बताए ।
सबैको आस्थाको धरोहर इच्छाकामना मन्दिरको प्रचारप्रसार र विकासका लागि गाउँपालिका लागिपरेको उनले बताए। उद्योग वाणिज्य सङ्घ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले इच्छाकामनाको धार्मिक धरोहरलाई सबै मिलेर संरक्षण गर्नुपर्ने बताए ।कार्यक्रममा मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले मन्दिर पुनःनिर्माणका लागि रु ५० लाख प्रदेश सरकारबाट प्राप्त भएको बताए । उनका अनुसार काठ किन्न मात्र रु ३५ लाख लाग्ने छ। मन्दिर पुनःनिर्माणका लागि करीब रु तीन करोड लाग्ने बताउँदै उनले आवश्यक सहयोगका लागि पहल गरिदिन सबैलाई अनुरोध गरे ।
गोरखाको शहीद लखनगाउँपालिका–२ मा रहेको मनकामनामा माताको मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छ्याएको पूरा हुने धार्मिक विश्वास छ । मनकामनामाईको सात दिदीबहिनी थिए । तीमध्ये एक बहिनी रहेको किंवदन्ती रहेको मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताए ।यहाँ प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्ने गर्दछ । मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको पुजारी हर्कबहादुर गुरुङले बताए ।मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकको आवागमनमा वृद्धि हुँदै आएको स्थानीय होटल व्यवसायी ज्ञानबहादुर गुरुङ बताउँछन्।
June 23, 2019 9:22 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री