Friday 3rd April 2026

छोरासँग क्वार्टरफाइनलको अभ्यास नेयमार !

8 years अगाडी

ब्राजिलियन स्टार नेयमारले आफ्नो छोरासँगै फुटबलको अभ्यास गरेका छन् । क्वार्टरफाइनलको आगामी खेलको लागि तयारीमा रहेका नेयमार बुधबार भने छोराको साथमा मैदानमा देखिएका हुन् । बुधबारको अभ्यासमा केही समय उनले आफ्नो छोरा डाभी लुकासँग बिताएका थिए । रक्षापंक्तिका मार्सेलो र गोलरक्षक एलिसनले पनि एक दिनअघि आफ्ना बच्चाहरुसँग फुटबल खेलेका थिए ।शुक्रबार ब्राजिल र बेल्जियमको विरुद्धमा क्वार्टरफाइनलको खेल हुन गइरहेको कारण ब्राजिल अहिले पूर्ण तयारीमा देखिएको हो । बुधबारको अभ्यासमा नेयमारमा सबैको आँखा रहेको थियो । यो विश्वकपमा आफ्नो गतिविधिको कारण नेयमार सबैभन्दा बढी आलोचित बनेको कारण पनि उनीमा धेरैको आँखा परेको हो ।

गत सोमबार अन्तिम १६ को खेलमा ब्राजिलले मेक्सिकोलाई २–० गोल अन्तरले पराजित गरेको थियो । अभ्यासको क्रममा केही सामान्य किसिमको तालिम मात्र दिइएको भए पनि यो समय आगामी खेलको लागि फिट रहन निकै महत्वपूर्ण रहेको बताइएको छ । ब्राजिलले क्वार्टरफाइनलमा बेल्जियमलाई पाखा लगाउन सकेको खण्डमा उसको भेट सेमिफाइनलमा उरुग्वे वा फ्रान्ससँग पर्नेछ । पाँचपटकको उपाधि विजेता ब्राजिलले सन् २००२ यता भने विश्वकपको उपाधि जित्न सकेको छैन ।

          July 5, 2018 12:17 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...