बागलुङमा मात्रै ६ महिनामा ४६ आपराधिक घटना
बागलुङ । पछिल्लो छ महिनामा जिल्लामा आपराधिक र मानवअधिकार उल्लङ्घनका ४६ घटना भएको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले ‘मानव अधिकार वर्ष पुस्तक– २०२०’ का लागि शनिबार गरेको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा उक्त तथ्य सार्वजनिक भएको हो।
सबैभन्दा बढी घरेलु हिंसाका २१ घटना छन् । जसमध्ये ११ घटना मिलापत्रमा टुङ्गिएका छन् । तीन घटना अदालत पुगेको र बाँकी प्रक्रियामा छन् । इन्सेकद्वारा सार्वजनिक विवरणमा जबर्जस्ती करणीका सात र करणी उद्योगका नौ घटना भएका छन्।
राजनीतिक अधिकारसम्बन्धी एक, धम्की तथा कुटपिटसम्बन्धी एक, सामाजिक अधिकारसम्बन्धी एक, बालअधिकारको एक, जातीय विभेदको एक, बहुविवाहसम्बन्धी तीन र महिला अधिकारसम्बन्धी एउटा घटना भएका छन्।
“मानवअधिकार वर्ष पुस्तकका लागि पछिल्लो छ महीनाभित्रका ४६ घटना प्रलेख गरिएको छ”, इन्सेक प्रतिनिधि सिर्जना पन्तले भने । स्थलगत अध्ययनसँगै प्रहरी र अदालतको स्रोतबाट इन्सेकले घटना विवरण सङ्कलन गर्ने गरेको छ । देशको मानवअधिकारको अवस्था झल्कने गरी इन्सेकले वर्षेनी मानवअधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ।
हिंसा र अपराधसँग जोडिएका घटनालाई पनि पछिल्लो समय मानवअधिकारसँग जोडेर हेर्ने गरिएको छ। समीक्षा कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले घटनाका दोषीलाई संरक्षण गर्न नहुनेमा जोड दिए। “मानवअधिकारको रक्षाका लागि सम्बद्ध सबै पक्ष जिम्वेवार हुनुपर्छ”, उनले भने, “मुख्य दायित्व राज्यको रहन्छ।”
June 23, 2019 10:35 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री