चिया धरै पिउनुहुन्छ ? होस गर्नुहोस् यस्ता छन् खतरा
काठमाडौं । हामी दिनको शुरुवात चियाको चुस्की सँगै गर्न रुचाउँछौं । खाजा पछि चिया खाने धरैको बानी हुन्छ । त्यस्तै थकान भगाउन पनि चिया खाने गरिन्छ । तर, धेरै चिया पिउनाले हाम्रो स्वास्थ्यमा असर गर्छ । कारण, चियामा धेरै मात्रामा कैफिन सँगै फ्लेवनायड्स, टैनिन, फायटोकेमिकल्स र हुन्छ । यो सबैले शरीरलाई बिकार गर्छ । यसको बाहेक चियामा चिनी र दूधको मिश्रण पनि गलत हो । आज हामी चियाका कारण हुने ईफेक्टका बारेमा चर्चा गर्छौ :
एङ्जाईटी : चियामा कोफिनको मात्रा धेरै हुन्छ। यसको कारणले मुटुको धड्कन बढ्ने, पसिना आउने, एङ्जाईटी र छटपटी हुने जस्तो समस्या हुन्छ।
पेटको गडबडी : चियामा टैनिन र टायलिनको मात्रा हुन्छ। यस बाहेक यसले पेट डम्म पुलाउँछ । साथै, धेरै चिया पिउनाले कब्जियत पनि हुन सक्छ।
हड्डी कमजोर : चियाको पुरानो पातमा फ्लोराईडको मात्रा धेरै हुन्छ । यसले हड्डी कमजोर गर्न सक्छ । चिया धेरै पिउनाले हात खुट्टा कटकट खाने र दुख्ने जस्ता समस्या देखापर्न सक्छ ।
निन्द्रा नलाग्ने : चियामा भएको फायटोकेमिकल्सले छटपटी बढाउँछ। यसले हाम्रो खानकी देखि निन्द्रामा समेत असर गर्छ । चिया धेरै पिउनाले निन्द्रा नलाग्ने समस्या हुन्छ।
चियाको लत : चियामा कोफिन भएको कारणले यसको लत लाग्न सक्ने सम्भावना धेरै छ । धेरै चिया खाइरहने व्यक्तिले भनेको समयमा चिया खान नपाउँदा टाउको दुख्ने, थकाइ लाग्ने, काममा मन नलाग्ने हुन सक्छ । क्यानसर गर्मीमा चिया पिउनाले मुखलाई जोड्ने नालीमा समस्या आउन सक्छ । यसको कारणले क्यानसर समेत हुन सक्छ ।
मृगौलामा समस्या : ५ कप भन्दा धेरै चिया पिउनाले यूरिन लेवल ४००–५०० प्रतिशत सम्म बढ्छ । यसले मृगौलामा धेरै प्रेशर पार्छ । चियामा भएको ओक्सलेट्सले मृगौलामा पथरी हुन सक्छ ।
हेल्दी मिनिरल्सको कमी : चियाको मात्रा धेरै भयो भने यूरिनको समस्या हुन् सक्छ। यसको कारणले बडी सोडियम, पोटाशियम, क्यालसियम र मिनिरल्स पनि बाहिर निस्किन सक्छ।
डिहाईड्रेशन : चियामा भएको कोफिनले शरीरमा भएको पानी बडी मात्रामा बाहिर निस्किन्छ। यसले शरीरमा पानीको मात्रा पर्याप्त हुन दिंदैन । चिया धेरै पिउनाले शरीर सुख्खा हुन्छ।
टोक्सिन्स : चियाको पत्तामा एल्य्मिनियमको धेरै टोक्सिन्स हुन्छ । यसको कारण छालामा समस्या आउन सक्छ । चिया धेरै पिउनाले शरीर चिलाउने, छाला सुख्खा हुने समस्या हुन सक्छ ।
June 23, 2019 12:34 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड