

चिया धरै पिउनुहुन्छ ? होस गर्नुहोस् यस्ता छन् खतरा

काठमाडौं । हामी दिनको शुरुवात चियाको चुस्की सँगै गर्न रुचाउँछौं । खाजा पछि चिया खाने धरैको बानी हुन्छ । त्यस्तै थकान भगाउन पनि चिया खाने गरिन्छ । तर, धेरै चिया पिउनाले हाम्रो स्वास्थ्यमा असर गर्छ । कारण, चियामा धेरै मात्रामा कैफिन सँगै फ्लेवनायड्स, टैनिन, फायटोकेमिकल्स र हुन्छ । यो सबैले शरीरलाई बिकार गर्छ । यसको बाहेक चियामा चिनी र दूधको मिश्रण पनि गलत हो । आज हामी चियाका कारण हुने ईफेक्टका बारेमा चर्चा गर्छौ :
एङ्जाईटी : चियामा कोफिनको मात्रा धेरै हुन्छ। यसको कारणले मुटुको धड्कन बढ्ने, पसिना आउने, एङ्जाईटी र छटपटी हुने जस्तो समस्या हुन्छ।
पेटको गडबडी : चियामा टैनिन र टायलिनको मात्रा हुन्छ। यस बाहेक यसले पेट डम्म पुलाउँछ । साथै, धेरै चिया पिउनाले कब्जियत पनि हुन सक्छ।
हड्डी कमजोर : चियाको पुरानो पातमा फ्लोराईडको मात्रा धेरै हुन्छ । यसले हड्डी कमजोर गर्न सक्छ । चिया धेरै पिउनाले हात खुट्टा कटकट खाने र दुख्ने जस्ता समस्या देखापर्न सक्छ ।
निन्द्रा नलाग्ने : चियामा भएको फायटोकेमिकल्सले छटपटी बढाउँछ। यसले हाम्रो खानकी देखि निन्द्रामा समेत असर गर्छ । चिया धेरै पिउनाले निन्द्रा नलाग्ने समस्या हुन्छ।
चियाको लत : चियामा कोफिन भएको कारणले यसको लत लाग्न सक्ने सम्भावना धेरै छ । धेरै चिया खाइरहने व्यक्तिले भनेको समयमा चिया खान नपाउँदा टाउको दुख्ने, थकाइ लाग्ने, काममा मन नलाग्ने हुन सक्छ । क्यानसर गर्मीमा चिया पिउनाले मुखलाई जोड्ने नालीमा समस्या आउन सक्छ । यसको कारणले क्यानसर समेत हुन सक्छ ।
मृगौलामा समस्या : ५ कप भन्दा धेरै चिया पिउनाले यूरिन लेवल ४००–५०० प्रतिशत सम्म बढ्छ । यसले मृगौलामा धेरै प्रेशर पार्छ । चियामा भएको ओक्सलेट्सले मृगौलामा पथरी हुन सक्छ ।
हेल्दी मिनिरल्सको कमी : चियाको मात्रा धेरै भयो भने यूरिनको समस्या हुन् सक्छ। यसको कारणले बडी सोडियम, पोटाशियम, क्यालसियम र मिनिरल्स पनि बाहिर निस्किन सक्छ।
डिहाईड्रेशन : चियामा भएको कोफिनले शरीरमा भएको पानी बडी मात्रामा बाहिर निस्किन्छ। यसले शरीरमा पानीको मात्रा पर्याप्त हुन दिंदैन । चिया धेरै पिउनाले शरीर सुख्खा हुन्छ।
टोक्सिन्स : चियाको पत्तामा एल्य्मिनियमको धेरै टोक्सिन्स हुन्छ । यसको कारण छालामा समस्या आउन सक्छ । चिया धेरै पिउनाले शरीर चिलाउने, छाला सुख्खा हुने समस्या हुन सक्छ ।
June 23, 2019 12:34 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

