

कबीर सिंह : शाहिदको करियरकै सबैभन्दा ठूलाे ओपनिङ गर्ने चलचित्र

शाहिद कपूर र कायरा अडवाणी अभिनित चलचित्र ‘कबीर सिंह’ ले सिनेमाहलमा सानदार कमाइ गरिरहेको छ । दर्शकले पनि यो चलचित्रलाई रुचाइरहेका छन् । चलचित्रमा शाहिद एक पागल प्रेमीको भूमिकामा देखिएका छन् भने कायराएक सोझी र शान्त स्वभावकी प्रेमिकाको भूमिकामा देखिएकी छिन् । फिल्म समीक्षकले पनि यो चलचित्रको प्रशंसा गरेका छन् । यही कारणले ‘कबीर सिंह’ शाहिद कपूरको करियरकै सबैभन्दा ठूलो ओपनिङ गर्ने चलचित्र बनेको छ । चलचित्र प्रदर्शन भएको तेस्रो दिनसम्म आइपुग्दा बक्सअफिसमा यसले राम्रै कमाइ गरिरहेको छ ।
‘कबीर सिंह’ ले प्रदर्शनको पहिलो दिन २०.२१ करोड भारु, दोस्रो दिन २२.७१ करोड भारु र तेस्रो दिन आइतबार त्योभन्दा पनि धेरै २७.९१ करोड भारुको व्यापार गरेको छ । यो आँकडा अनुसार शाहिदको चलचित्रले प्रदर्शनको तेस्रो दिनसम्म ७०.८३ करोड भारुको व्यापार गरिसकेको छ । ‘कबीर सिंह’ शाहिद कपूरको चलचित्र ‘पद्यावत’ पछिको सप्ताहन्तमा सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ । साथै अजय देवगनको चलचित्र ‘टोटल धमाल’ ले तीनदिनमा बनाएको रेकर्डलाई तोडेको छ ।
‘नन होलिडे रिलिज,’ ‘ए सर्टिफिकेट,’ सामान्य टिकट दर र क्रिकेट विश्वकप २०१९ चलिरहेको भए पनि ‘कबीर सिंह’ ले बक्सअफिसमा अक्रामक कमाइ गरिरहेको छ । शाहिदको भूमिकालाई लिएर केही फिल्म समीक्षक तथा कलाकारले प्रश्न उठाए पनि चलचित्रको व्यापारले ती सबै कुरालाई गलत साबित गरिदिएको छ । शाहिद कपूरले आफ्नो अभिनयको माध्यमबाट दर्शकलाई हलसम्म तान्न सफल भएका छन् । शाहिद कपूरको खस्कदो करियरलाई ‘कबीर सिंह’ ले फेरी उचाइमा पुर्याइदिएको छ ।
यस्तो छ फिल्मको कहानी : दक्षिण भारतीय चलचित्र ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक ‘कबीर सिंह’ दिल्लीको एक मेडिकल विद्यार्थी कबीर राजधीर सिंह (शाहिद कपूर) को कहानी हो । जो निकै नै रिसाहा हुन्छ । कबीरलाई आफ्नो रिसमाथि नियन्त्रण हुँदैन । कबीरको आफ्नी जुनीयर मेडिकल विद्यार्थी प्रीतिसँग प्रेम हुन्छ । कबीरले कलेजभरि प्रीति मेरीे हो भन्दै घोषणा गर्छन् । त्यसपछि कबीर सिंह कलेजको पढाइ पूरा गरेर स्नातकोत्तर गर्न मसूरी जान्छन् भने प्रीति भने दिल्लीमै रहन्छिन् ।
पढाइ पूरा गरेर कबीर प्रीतिसँग विवाहको कुरा गर्नका लागि उनको घर जान्छन् तर प्रीतिको बुवाले कबीरलाई घरबाट निकालिदिन्छन् । प्रीतिको विवाह उनका घरपरिवारले कोही अरुसँगै गरिदिन्छन् । त्यसपछि प्रेममा असफल भएको कबीर सिंह नशा सेवन गर्न थाल्छन् तर प्रीतिलाई पाउनका लागि जिद्दी गर्न भने छोड्दैनन् । उता प्रीतिले पनि कबीरलाई भुल्न सक्दिनन् । यही नै चलचित्रको कहानीमा देखाइएको छ । अहिले अभिनेता शाहिद कपूरको अभिनयको चौतर्फी प्रशंसा भैरहेको छ । यो चलचित्रमा शाहिदले यस अघिका चलचित्रमा गरेकोभन्दा अझै उत्कृष्ट रहेको बताइएको छ ।
June 25, 2019 12:38 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा भैरहँदा प्रहरीले भन्यो, ‘अहिलेसम्म पक्राउ परेका छैनन्’

थरीथरीका आन्दोलनले काठमाण्डौको जनजीवन प्रभावित, मुख्य सडकमार्गमै हप्तौंदेखि अवरोध

टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा कुवेतसँगको खेलमा नेपाल टस जितेर फिल्डिङमा

