काभ्रेमा कुखुराको खोरमा अनैतिक यौनसम्पर्क गर्न नपाएपछि एक जोडीद्वारा देख्ने बालिकाको हत्या
8 years अगाडी
Susma Dhakal
काभ्रे, २१ असार । बालिकाको हत्या गरी भाग्दै गरेको अवस्थामा स्थानीय बासिन्दाले कुटपिट गर्दा तिमाल गाउँपालिका–१ आधा बाटोस्थित मजदुरी गरी बस्ने बारा गतहला गाउँपालिका–४ घर भएका २३ वर्षीय जोखन मन्सुरी घाइते भएका छन् ।
तिमाल गाउँपालिका–१ आधा बाटो बस्ने २१ वर्षीया महिला र मन्सुरीबीच बुधबार कुखुराको खोरमा अनैतिक सम्बन्ध कायम गर्न लागेको अवस्थामा सोही ठाउँ बस्ने १० वर्षीया एलिसा तामाङले देखेपछि होहल्ला हुने डरले मन्सुरीले एलिशालाई घरबाट लिई करीव ५० मिटर टाढा चौतारामा लगेर हत्या गरेको थाहा हुन आएको छ ।
एलिशाको हत्या गरी भाग्दै गरेको अवस्थामा स्थानीय बासिन्दाले मन्सुरी र ती महिलालाई कुटपिट गर्दा दुवैजना घाइते भएकोले उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
July 5, 2018 12:39 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...