उमेरले छेक्दै छेकेन : के होला त उहाँहरुको एसईई नतिजा ?
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने पक्का गरेको छ । नतिजा आउँने भएपछि परीक्षा दिदा चर्चामा रहेका व्यक्तिहरु फेरि पनि चर्चामा आउन सफल भएका छन् । चर्चित अभिनेत्री करिश्मा मानन्धर, नेकपा नेतृ शान्ता चौधरी र युगमाया कार्कीको पनि चर्चा चुलिएको छ । ओखलढुंगाको लिखु गाउँपालिका–६ की ६७ वर्षीया युगमाया कार्कीले नातिसँगै काठमाडौंबाट एसइई परीक्षा दिँनु भएको थियो । मानन्धरले पनि काठमाडौंबाट तर शान्ता चौधरीले भने दाङबाट परीक्षा दिनु भएको हो । उहाँहरु सफल त हुनुहुन्छ किनभने अहिले ग्रडिङ प्रणाली लागु भएको छ तर कुन स्थानमा उतिर्ण हुनुहुन्छ भन्ने कुरा भने प्रमुख भएर आएको छ ।
यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । गत वर्षको चैत १० बाट सञ्चालित एसईई परिक्षाको नतिजा प्रकाशनको लागि अन्तिम रुजु र क्रस चेकिङको काम बुधबार मात्र सकिएकाले नतिजा प्रकाशन आज गर्न लागेको हो । बिहीबार दिउँसो १ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । ‘सबै तयारी सकिएको छ, नतिजामा विगतमा झैँ त्रुटि नदोहोर्याउन भनेर पुनः परीक्षणलाई जोड दिएका हौँ,’ उनले भने ।
बुधबार मध्यान्हसम्म बोर्ड बैठक नडाकिएको र अन्तिम रुजु र क्रस चेकिङको काम सकिएकाले आज बैठक बोलाईएको बोर्ड अध्यक्ष चन्द्रमणि पौडेले बताएका थिए । परीक्षाको नतिजा सम्बन्धि विवरणहरु हेर्न सकिने ब्यवस्थाका सूचना जारी गरिसकिएको परीक्षा नियन्त्रक अधिकारीको भनाइ छ। परीक्षा नियन्त्रण कार्यालयले हिँजै सार्वजानिक सूचना जारी गर्दै विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नजिता थाहा पाउन सकिने जनाएको छ। २०७५ चैत १० गतेदेखि सन्चालन गरिएको परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। सम्बन्धित निकायले नतिजा आउँदैछ प्रतिक्षा गर्नुहोस् भनिसक्यो ।
यसबर्ष राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा चैत १० गतेबाट शुरु गरी २१ गते बिहीबारसम्ममा सकाएको थियो । चैत १० र ११ गते लगातार अनिवार्य अंग्रेजी र नेपालीको परीक्षा थियो । चैत १३ गते अनिवार्य गणित र १४ गते अनिवार्य विज्ञानको परीक्षा थियो । प्राविधिक धारको समेत गरी चैत २१ गते सबै परीक्षा सम्पन्न भएको थियो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चलेको थियो । परीक्षामा नियमित र एक्जाम्टेड गरी पौने ६ लाखको हाराहारीमा विद्यार्थी सहभागी थिए । नतिजा हेर्नका लागि {नतिजा हेर्ने यो तरिकालाई सबै समक्ष पुर्याउन सक्दो सेयर गरिदिनुहोला । } : परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बाेर्डले जनाएको छ ।
त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरकाे www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरकाे www.neb.gov.np र एनसेल प्रा. लि.काे www.ncell.axiata.com मा गएर पनि परीक्षाकाे नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ । यसपटक परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गर्नेछ । नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।
June 27, 2019 2:42 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप