रसुवामा पहिलो पटक प्याराग्लाइडिङ परीक्षण
रसुवा – रसुवामा पहिलो पटक प्याराग्लाइडिङ परीक्षण गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका–५ दुर्सागाङबाट बिहीबार प्याराग्लाइडिङको सफल परीक्षण गरिएको हो ।नेपाल भ्रमण वर्ष २०२० र गोसाइँकुण्ड गाउँपालिका भ्रमण वर्ष २०१९ लाई मध्येनजर गर्दै पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउनका लागि प्याराग्लाइडिङको परीक्षण गरिएको हो ।
प्याराग्लाइडिङको तीन दिनसम्म परीक्षण उडान हुने भुल्दीगाङ प्याराग्लाइडिङ उपभोक्ता समितिले जनाएको छ । बिहीबार तीन ओटा उडान गरिएको समितिका अध्यक्ष शेराप साङ्बो तामाङले बताउनुभयो ।
एउटा सोलो (सिङ्गल) र दुई ओटा ट्यान्डम (डबल) फ्लाइट गरिएको हो । शुक्रबार पाँच ओटा उडान गरिने छ । यो क्षेत्र प्याराग्लाइडिङको लागि उपयुक्त रहेको पाइलट विजय चौलागाईँले बताउनुभयो । यो क्षेत्रमा जुनसुकै ठाउँबाट पनि उडान गर्न सकिने देखियो, उहाँले भन्नुभयो, ‘अवतरणका लागि ठाउँको अभाव छ ।’
गोसाइँकुण्ड गाउँपालिकाले भ्रमण वर्ष २०१९ घोषणा गरेको छ । जिल्लामा पर्यटक भित्र्याउनका लागि जल पर्यटन, धार्मिक पर्यटन तथा ऐतिहासिक पर्यटनको सम्भावना रहेको छ ।गाउँपालिकाले स्याफ्रुबेसी गोसाइँकुण्ड पदमार्ग सञ्चालन तथा धुन्चे गोसाइँकुण्ड केबलबार निर्माण गर्ने प्रक्रिया समेत अघि बढाएको छ ।
June 28, 2019 11:17 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप