रसुवामा पहिलो पटक प्याराग्लाइडिङ परीक्षण
रसुवा – रसुवामा पहिलो पटक प्याराग्लाइडिङ परीक्षण गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका–५ दुर्सागाङबाट बिहीबार प्याराग्लाइडिङको सफल परीक्षण गरिएको हो ।नेपाल भ्रमण वर्ष २०२० र गोसाइँकुण्ड गाउँपालिका भ्रमण वर्ष २०१९ लाई मध्येनजर गर्दै पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउनका लागि प्याराग्लाइडिङको परीक्षण गरिएको हो ।
प्याराग्लाइडिङको तीन दिनसम्म परीक्षण उडान हुने भुल्दीगाङ प्याराग्लाइडिङ उपभोक्ता समितिले जनाएको छ । बिहीबार तीन ओटा उडान गरिएको समितिका अध्यक्ष शेराप साङ्बो तामाङले बताउनुभयो ।
एउटा सोलो (सिङ्गल) र दुई ओटा ट्यान्डम (डबल) फ्लाइट गरिएको हो । शुक्रबार पाँच ओटा उडान गरिने छ । यो क्षेत्र प्याराग्लाइडिङको लागि उपयुक्त रहेको पाइलट विजय चौलागाईँले बताउनुभयो । यो क्षेत्रमा जुनसुकै ठाउँबाट पनि उडान गर्न सकिने देखियो, उहाँले भन्नुभयो, ‘अवतरणका लागि ठाउँको अभाव छ ।’
गोसाइँकुण्ड गाउँपालिकाले भ्रमण वर्ष २०१९ घोषणा गरेको छ । जिल्लामा पर्यटक भित्र्याउनका लागि जल पर्यटन, धार्मिक पर्यटन तथा ऐतिहासिक पर्यटनको सम्भावना रहेको छ ।गाउँपालिकाले स्याफ्रुबेसी गोसाइँकुण्ड पदमार्ग सञ्चालन तथा धुन्चे गोसाइँकुण्ड केबलबार निर्माण गर्ने प्रक्रिया समेत अघि बढाएको छ ।
June 28, 2019 11:17 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत