सिन्धुलीमा जब मदिरा पिएका श्रीमानले श्रीमतीको गुप्तांगमा अचार कोचिदिए
सिन्धुली । दुधौली नगरपालिका वडा नं. ३ को निपाने कालापानीकी ४४ वर्षिय डस्नी कुमरलाई श्रीमानले छिमेकी देउरानी नाता पर्ने महिलाको सहयोगमा कुटपीट तथा यौन दुव्र्यवहार गरे । उनलाई २०७६ बैशाख ३० गते श्रीमान ५० वर्षिय सञ्चा कुमरले छिमेकी २७ वर्षीय बेलवती कुमरको सहयोगमा श्रीमतीमाथि कुटपिट तथा दुव्र्यवहार गरी घाइते नै बनाए ।
मदिरा सेवन गरि घरमा आएर श्रीमती डस्नीलाई भुइँमा लडाइ छातिमाथि चढी लात्ती र मुड्कीले कुटपीट गर्नुका साथै भात, दाल, अचार योनीमा कोचिदिएपछि मेलमिलापकर्ता र जनप्रतिनिधिहरुको सहयोगमा उनलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको राजधानी दैनिकको समाचारमा उल्लेख छ ।
‘उनलाई श्रीमानले विगत २–३ वर्षदेखि अर्की श्रीमती ल्याउँछु, तँ बुढी भईस भन्दै कुटपिट गर्दै आएको’ पीडित डस्नीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र सिन्धुलीमा पीडक विरुद्ध उजुरी दर्ता त भयो तर छोरा लगाएतको दवावमा उनले मेलमिलाप गर्नुपर्यो ।
यी घटना प्रतिनिधि घटना हुन । पछिल्लो तीन वर्षमा यस्ता घटनाहरु धेरै भएका छन । करिब ३ वर्षमा यसरी परिवार तथा श्रीमानका कारण पीडित हुने महिलाको संख्या १७० पुगेको तथ्यांक प्रहरीसँग छ ।
June 29, 2019 2:28 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप