सिन्धुलीमा जब मदिरा पिएका श्रीमानले श्रीमतीको गुप्तांगमा अचार कोचिदिए
सिन्धुली । दुधौली नगरपालिका वडा नं. ३ को निपाने कालापानीकी ४४ वर्षिय डस्नी कुमरलाई श्रीमानले छिमेकी देउरानी नाता पर्ने महिलाको सहयोगमा कुटपीट तथा यौन दुव्र्यवहार गरे । उनलाई २०७६ बैशाख ३० गते श्रीमान ५० वर्षिय सञ्चा कुमरले छिमेकी २७ वर्षीय बेलवती कुमरको सहयोगमा श्रीमतीमाथि कुटपिट तथा दुव्र्यवहार गरी घाइते नै बनाए ।
मदिरा सेवन गरि घरमा आएर श्रीमती डस्नीलाई भुइँमा लडाइ छातिमाथि चढी लात्ती र मुड्कीले कुटपीट गर्नुका साथै भात, दाल, अचार योनीमा कोचिदिएपछि मेलमिलापकर्ता र जनप्रतिनिधिहरुको सहयोगमा उनलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको राजधानी दैनिकको समाचारमा उल्लेख छ ।
‘उनलाई श्रीमानले विगत २–३ वर्षदेखि अर्की श्रीमती ल्याउँछु, तँ बुढी भईस भन्दै कुटपिट गर्दै आएको’ पीडित डस्नीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र सिन्धुलीमा पीडक विरुद्ध उजुरी दर्ता त भयो तर छोरा लगाएतको दवावमा उनले मेलमिलाप गर्नुपर्यो ।
यी घटना प्रतिनिधि घटना हुन । पछिल्लो तीन वर्षमा यस्ता घटनाहरु धेरै भएका छन । करिब ३ वर्षमा यसरी परिवार तथा श्रीमानका कारण पीडित हुने महिलाको संख्या १७० पुगेको तथ्यांक प्रहरीसँग छ ।
June 29, 2019 2:28 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत