एसईई ए प्लस नआएको भन्दै काठमाडौँमा एक किशोरीले प्राण त्यागिन्
6 years अगाडी
Susma Dhakal
काठमाडौँ । चन्द्रागिरि नगरपालिका १२ बलम्वु दुरसञ्चार नजिकै एसईई परीक्षाको नतिजाका कारण एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छन् ।अर्घाखाँची जिल्ला सन्धीखर्क नगरपालिका वडा नम्वर ७ घर भई हाल चन्द्रागिरि–१२ बलम्बु स्थित बलम्वु माविबाट यो वर्ष एसईई परीक्षा दिएकी १६ वर्षिया सदीक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्काका अनुसार एसईईमा सदीक्षाले ‘ए प्लस’ नआएको भन्दै आत्महत्या गरेको हुनसक्ने बताएका छन् । बलम्वु माध्यामिक विद्यालयबाट पौडेलको एसईईमा ३ जिपीए ३.६ आएको थियो ।प्रहरीका अनुसार सदीक्षाको शवलाई शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ ।
June 30, 2019 1:18 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
Loading...