ट्रम्पद्वारा किम जोङलाई अमेरिका भ्रमणको निम्ता
6 years अगाडी
Susma Dhakal
पानमुनजोम,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ अनलाई अमेरिका भ्रमणको निम्ता दिएका छन् । उत्तर र दक्षिण कोरिया छुट्याउने असैनिक क्षेत्रमा भएको पहिलो ऐतिहासिक भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतालाई अमेरिका भ्रमणको निम्ता दिएका हुन् ।
राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस भ्रमणका लागि किमलाई आफूले स्वागत र निमन्त्रणा गरेको जानकारी दिए । दुबै नेताबीच यो तेस्रो भेटवार्ता हो । साथै, अमेरिकी बहालबाला राष्ट्रपतिले उत्तर कोरियामा पाइला टेकेको पनि यो पहिलो अवसर हो । उत्तर कोरियाली नेता र राष्ट्रपति ट्रम्पबीच उत्तर कोरियाली सीमा कार्यालयमा विशेष बैठक समेत भएको छ । पानमुनजोन भ्रमणका क्रममा दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इन पनि सहभागी हुनेछन् । रासस
June 30, 2019 2:03 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...