छात्रामा अनौठो समस्या, १२ छात्रा एकैसाथ बेहोस
6 years अगाडी
Susma Dhakal
लम्की। कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ। बिहानीको विद्यालय समयमा छात्राहरु बर्बराउने, मान्छे नचिन्ने, छट्पटाउने र बेहोस हुने गरेका छन्। कक्षा ७ र ८ मा अध्ययनरत १३ देखि १८ वर्ष उमेर समूहका १२ छात्रा सोमबार बेहोस भएका हुन्।
उनीहरुको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको छ। विद्यार्थीमा कन्र्भसन डिसअर्डर (मास हिस्टेरिया) को समस्या देखिएको भजनी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख वीरेन्द्र सापकोटाले बताए।
“बढी तनाव तथा दवाबमा पर्दा मानसिकरूपमा यस्तो समस्या आउने गर्दछ।” सापकोटाले भने, “यस्तो समयमा बढी होहल्ला गर्नु हुँदैन । उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ।” स्वास्थ्य केन्द्रमा आएका विद्यार्थीको अवस्थामा सुधार भइरहेको उनले बताए।
July 2, 2019 8:36 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
Loading...