Monday 22nd December 2025

सलमान फेरी संकटमा, छिमेकीले लगाए गम्भीर आरोप

7 years अगाडी

भातरीय सुपरस्टार सलमान खानको नाम जोडेर नयाँ विवाद उत्पन्न भएको छ । जंगली जनावारको सिकार तथा अदालतको अवहेलना जस्ता कारणले विवादमा पर्ने गरेका उनी अहिले भने जग्गासँग सम्बन्धित विवादमा परेका छन् । आफ्नो नाममा रहेको जग्गामा सलमान खानले घर बनाउन नदिएको मुम्वईका एक दम्पत्तीले आरोप लगाएका छन् ।उनिहरुले जग्गाको विषयमा सलमान खानले आफुलाई दुख दिएको आरोप लगाएका हुन् । मुम्बईको पनवेमा रहेको जग्गामा घर बनाउन चाहेको पिडित दम्पत्तीले जानकारी दिएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार तीन बर्ष पहिला अमेरिका छोडेर मुम्बई आएको त्यो दम्पात्तीले आफ्नो नाममा रहेका जग्गामा घर बनाउन चाहेको छ । उनिहरुले घर बनाउन चाहेको जग्गा नजिकै सलमान खानको फार्महाउस रहेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

केतन कक्कड र उनकी श्रीमती अनिता कक्कड अमेरिका बसाईं टुग्याएर भारत फर्किएका हुन् । उनीहरुले साढे २७ लाख भारतीय रुपैयाँमा जग्गा खरिद गरेको दाबी गरेका छन् । अमेरिकामा रहँदा सलमान खानको फार्महाउसमा आएर उनीहरु बसोवास समेत गर्ने गरेका थिए । उनिहरुका अनुसार त्यती बेला सलमान खान र उनको परिवारसँग राम्रो सम्बन्ध थियो । सलमान खानले पनि उनिहरुलाई असपल छिमेकीको रुपमा व्यवहार गर्दै आइरहेका थिए ।जब उनिहरु अमेरिकाबाट मुम्बई आएर आफ्नो जग्गामा घर बनाउने योजना बनाउन थाले त्यसपछि सलमान खानले असहयोग गरेको उनिहरुको गुनासो छ । सलमानको फार्महाउस नजिकै रहेको जग्गा उनिहरुले सन् १९९६ मा खरिद गरेका थिए । जग्गा खरिद गर्ने बेलामा उनिहरुले सलमान खानका पितासँग पनि सल्लाह गरेको जानकारी दिएका छन् । तर आँफैले किनेको जग्गामा सलमान खानले घर बनाउन रोक लगाएको भन्दै उनिहरु दुखित भएका छन् ।

कक्कड दम्पत्तीको जग्गा तर्फनै सलमान खानको फार्महाउसको मुलद्धार रहेको छ । जसका कारण दम्पत्तीलाई आफ्नो जमिनमा आउन जान पनि समस्या भइरहेको छ । दम्पत्तीको  पक्षमा वन विभागका एकजना अधिकारीले आवाज उठाउँदा उसको त्यहाँबाट सरुवा गरिदिएको उनिहरुको आरोप छ । ती वन विभागका अधिकारीले सलमान खानको परिवार विरुद्ध आवाज उठाएका थिए ।सरकारले सलमान खानको फार्महाउसमा पालिएका घोडाको लागि पनि बिजुलीको बन्दोबस्त गरिदिएको छ । तर उनिहरुले आफ्नो जग्गामा बिजुली जोड्न समस्या भइरहेको गुनासो गरेका छन् । उनिहरुले आफुहरुको जग्गामा विजुली लगायत अन्य आधारभुत सुविधा पनि उपलब्ध नभएको बताएका हुन्

पिडित परिवारलाई वनमन्त्री सुधिर मुनगङ्टीवारले यस विषयमा पहल गर्ने आश्वासन दिएका थिए । तर पछिल्लो सयम उनि सलमान खानसँग पार्टीमा मस्त हुन थालेको उनिहरुको आरोप छ । कक्कड दम्पत्ती र उनीहरुको वकील आभा सिंहले सलमान खान र उनको परिवारको पहुँचका कारण न्याय पाउन समस्या भएका छन् । तर सलमान खानको परिवारले अहिलेसम्म यस विषयमा आफ्नो कुनै पनि प्रतिकृया सार्वजनिक गरेको छैन । सलमान खान भने अहिले विदेश भ्रमणमा व्यस्त छन् ।

          July 6, 2018 11:58 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...