प्रधानमन्त्री रोजगार कार्यक्रम : लोपोन्मुख राउटे समुदायले पनि पाए काम
दैलेख – ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत लोपोन्मुख मानिएका राउटे समुदायका सदस्यहरुले रोजगारी पाएका छन् । दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका ५२ जनालाई रोजगारी दिएको हाे । कर्णालीका विभिन्न जिल्लामा घुमन्ते जीवन बिताउँदै आइरहेका लोपोन्मुख राउटे समुदायलाई पनि रोजगारी दिएर आर्थिकरुपमा सबल बनाउन वृक्षारोपण गर्ने काम सुम्पेको गुराँस गाउँपालिकाले बताएको छ ।
‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत रोजगारी पाएका राउटेहरु वृक्षारोपणमा निकै खुशी भएका छन् । जङ्गलमै बस्ने र रुखहरु काटेर त्यसैका भाँडाकुडा बनाउने राउटेलाई यस्तो काममा लगाउँदा उनीहरुमा रुख काट्नु हुँदैन भन्ने भावना जगाउने अपेक्षा गरिएकाे छ ।यस्तै गाउँपालिकाले लोपोन्मुख राउटे समुदायलाई बाख्रा पनि वितरण गरेको छ । गाउँपालिकाले राउटे समुदायका ४६ घरपरिवारलाई एक/एक वटा बाख्रा वितरण गरेको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो ।
July 4, 2019 3:59 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप