बुद्धशान्ति गाउँपालिकाले डेंगु ज्वरो विरुद्ध सचेतना अभियान प्रचार प्रसार
असार, बुद्धशान्ति गाउँपालिकाले डेंगु ज्वरो विरुद्ध सामाजिक सचेतना अभियान संचालन गरेको छ । गाउँपालिका स्थित स्वास्थ्य शाखाको आयोजनामा बुद्धशान्ति गाउँपालिकाका हरेक क्षेत्रमा माइक द्वारा प्रचार प्रसार गरेर तथा डेंगु ज्वरोको बारेमा जानकारी दिने पर्चा बाँडेर सचेतना अभियान थालिएको बुद्धशान्ति गाउँपालिका स्थित स्वास्थ्य शाखाका सिअहेव अधिकृत दिपक सापकोटाले जानकारी दिए ।
पछिल्लो समय झापाको विभिन्न स्थानहरुमा देखा परेको यस ज्वरो विरुद्ध कुनै खोप नरहेकोेले सचेत रहनु तथा यस रोगको लक्ष्यण देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य चौकी जानुनै सबैभन्दा उपयोगी हुने सापकोटाले बताए ।

प्रचार प्रसारका क्रममा खटिएका कर्मचारी दिपेश भट्टराई
प्रचार प्रसारका क्रममा विभिन्न क्षेत्रका स्थानीयहरुले जनचेतना मुलक प्रचार प्रसार भन्दा पनि गरिब तथा विपन्न वर्गलाई झुल बाड्दा तथा डेंगु ज्वरो लाग्ने लाम्खुट्टेको विरुद्ध दबाई हान्नु पर्ने माग राखेको प्रचार प्रसारका क्रममा खटिएका कर्मचारी दिपेश भट्टराईले बताएका छन् ।
पहिलो चरणमा प्रचार प्रसार गरेर डेंगु ज्वरो विरुद्ध जनचेतना फैलाएको तथा आगामी दिनमा यस ज्वरो विरुद्ध थप प्रभावकारी कदम चालिने बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले बताएका छन् ।
July 6, 2019 1:07 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर