टुहुरा दाजुभाईको पीडा :’मेरो साथमा यहि एउटा भाइ छ यसलाई पनि केहि भए यो संसारमा कोहि हुने छैन’ (भिडियो हेर्नुस्)
काठमाडौं । तपाई हामीले सम्पत्तीका लागि दाजुभाईको लडाई देखेका छौं । एकअर्काका लागि दुस्मन भएका दाजुभाई देखेका छौं । तर यहाँ यस्ता दाजुभाई छन् जसले एक अर्काका लागि त्याग गरेका छन् । विरामी भाइलाई बचाउन दाईले गरेको त्याग देखेर साँच्चै आँखा रसाउँछ । आमाबुवा टाढा भए । करिब एक दशक देखि दाजुभाई आमाबुवाको संरक्षण बिनानै हुर्किएका थिए । आमाबुवाको माया कस्तो हुन्छ भन्ने दाजुभाईले अनुभव गर्ने मौका पाएनन् । त्यही दाजुभाईको यस्तो जोडीलाई फेरी दैव लाग्यो । भाईको अवस्था निकै चिन्ताजनक छ । अस्पतालको शैयामा भाईलाई सुताएर दाई भाईको जिवन रक्षाको भिख मागिरहेका छन् । बाबुआमाको न्यानो काख र माया त उनीहरुले पाएनन् अहिले दाजुभाईकै माया पनि छुट्ने हो की भन्ने चिन्ताले अहिले सताएको छ ।
कालिकोट शान्ति त्रिवेणी गाउँपालिका वडा नं १ का हिमराज गिरी जसलाई अहिले ब्लड क्यान्सर भएको छ । उनको स्वास्थ्य उपचार र जिवन रक्षाका लागि नविन गिरी अहिले भिख मागिरहेका छन् । आमाबुवाले सानैमा साथ छोडेर गएका कारण एक्लिएका नविन अहिले भविष्यको सहारा सम्झेका भाईलाई पनि ब्लड क्यान्सर भएपछि उनी भाईको साथ छुट्ने हो की भन्ने डर छ ।दाजुभाई सानै छँदा आमाले अर्का विवाह गरिन् । ।
जन्मदिने आमाले अर्काविवाह गरेपछि बुवाले पनि सौतेनी आमा भित्र्याए । पछि बुवा पनि सौतेनी आमाकै घरमा गएर बस्न लागेपछि यि दाजुभाईको अभिभावकको छाँया खोसियो । भाईलाई कालिकोटमै हुँदा ज्वरो आउने र निकै थकाइलाग्ने भएकाले उपचारका लागि सबैको सहयोग जुटाएर काठमाडौं आएर अस्पताल पुर्याए अस्पतालमा चिकित्सकले भाईलाई ब्लड क्यान्सर भएको सुनाएपछि नविनको पाइताला मुनिको जमिन भासियो । १३ वर्षको भाई अस्पतालको शैयामा छन्, उनी सो भाईको जिवन रक्षाको लागि रोएर अपिल गरेका छन् ।उनले आँशु झार्दे भने, अ’हिले मेरो भाईलाई जसरी भएपनि बचाईदिनु भाई निको भएपछि म सबैको ऋण तिर्छु ‘। चिकित्सकले उनको भाईको उपचार सम्भव भएको तर त्यसका लागि ठूलो रकम आवश्यक पर्ने बताएका छन् । तर आमाबुवाकै संरक्षण नपाएका यि दाजुभाईले ठूलो रकम कसरी ल्याउने रु त्यसैले सबैसंग सहयोगको अपिल गरेका छन् ।
July 9, 2019 3:40 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री