शिल्पा–छविको सम्बन्धमा ठुलो संकट, छविराजमाथि शिल्पाले लगाईन् यस्ता गम्भीर आरोप
काठमाडौं । ठुलो उमेर अन्तर भएपनि निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको जोडी दर्शकलाई खुबै मन परेको थियो । तर अहिले बाहिर आएको खबरले सबैलाई चकित बनाएको छ । श्रीमान विरूद्ध पत्नी पोखरेलले घरेलु हिंसाको उजुरी दिएकी छन् । शिल्पाले काठमाडौं प्रहरी परिसरमा घरेलु हिंसा गरेको उजुरी दिएको खुल्न आएको छ । उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई आज दिउँसो परिसर बोलाएको प्रहरीले जनाएको छ ।
अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि निर्माता ओझाले अभिनेत्री पोखरेलसँग २०७३ सालको दशैंमा सुटुक्क विवाह गरेको बताइएको छ । तर उनीहरुले विवाहबारे खुलेर कहिल्लै भन्न चाहेका थिएनन् । तर, गत वर्षमात्र उनीहरूले आफूहरूले विवाह गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए । उनीहरू निकट श्रोतका अनुसार विगत केहि समययता दुबैको वैवाहिक जीवनमा खटपट रहँदै आएको छ ।
उनीहरूबीच खटपटको विषयमा प्रहरीले घरेलु समस्या रहेको जानकारी दिएको छ । तपाईलाई जानकारी गराउँ शिल्पाको पनि यो दोस्रो विवाह हो । श्रोतका अनुसार शिल्पाले छविसँग डिभोर्स मागेकी छन् । छविले शिल्पालाई ‘लज्जा’ सिनेमाबाट ब्रेक दिएका थिए । त्यसयता उनले छविको ब्यानरमा ‘मंगलम’ तथा ‘हबल्दार सुन्तली’मा अभिनय गरेकी छिन् ।
July 10, 2019 2:21 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री