‘घटना भएको ३-४ मिनेटभित्रै उद्धारमा पुगेपनि बचाउन सकिएन’
काठमाडौँ । घटना भएको तीन/चार मिनेटभित्रमै घटनास्थलमा पुगेर उद्धार गरेको भए पनि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ चुनातालस्थित घरमाथिबाट आएर पहिरोले पुरिएका दुई जनालाई बचाउन नसकेको छिमेकीहरुले बताएका छन्।
घरमाथिको बारीको कान्ला झरेर पहिरोले घर बगाउँदा सो ठाउँका रामप्राद दङ्गालकी श्रीमती अन्दाजी वर्ष ५५/६० की गोमा दङ्गाल र सात वर्षकी सुहाबी दङ्गालको हिजो बिहान घटनास्थलमा नै मृत्यु भएको थियो। घटनालगत्तै छिमेकी जम्मा भएर गरिएको उद्धारका क्रममा सोही पहिरोमा परी पुरिएको अवस्थामा बुहारी सुशीला दङ्गाल र तीन महीनाकी नातिनी अनुष्का दङ्गालको उद्धार गर्न सफल भएका छन्।
“गाउँमा मान्छेहरु एकै चोटी जुटेकै कारण हामीले बुहारी र सानी नानीलाईसमेत बचाउन सफल भयौं”, छिमेकी रीता दङ्गालले भन्नुभयो, “घटना भएलगत्तै मेरी छोरीलाई यहाँबाट घर भत्केर ठूली आमा पुरिए भनेर बोलाउन लगायौंँ, सबै जना एकै छिनमा जम्मा भयौँं र बुहारी र सानी नानीलाई निकालेका हौँं।”
अर्का छिमेकी लालप्रसाद सापकोटाले आफूहरुले घटनालगत्तै सबै जना जुटेर उद्धार गर्न लागे पनि सबैलाई बचाउन नसकेकामा दुखेसो व्यक्त गरे। खाना पकाइरहेको अवस्थामा पहिरो झरेर पुरिएको उनको भनाइ छ। इलाका प्रहरी कार्यालय बनेपाका नायव प्रहरी निरीक्षक विष्णु सापकोटाले घटनालगत्तै जानकारी पाएपछि आफूहरु खटिएको र घाइतेलाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा पठाएको बताए।
घरमा आठ जनाको परिवार भएकामा घरमुलि रामप्रसाद बिहानै बनेपामा दूध बेच्नका लागि डेरीमा गएका, कान्छो छोरा बुहारी बनेपामा नै बस्दै आएका र जेठो छोरा विदेशमा रहेका जनाइएको छ। भूकम्पको पहिलो किस्ताबापत रु ५० हजार लिएको भए पनि बनाउने जग्गामाथि विद्युत् प्रसारण लाइनको मुख्य तार परेका कारण बनाउन नसकेको र त्यसलाई हटाउन विद्युत् प्राधिकरणलाई बारम्बार भन्दा पनि त्यसको क्षतिपूर्ति उपलब्ध गराएमा मात्रै सम्भवन हुने बताएपछि त्यतिकै रहेको उनले बताए।
July 13, 2019 12:34 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत