तमू प्ये ल्हु संघ,कुवेतले तमू ल्होसार जनवरी ३ तारिक अतिथी कलाकार को साथ मनाउने
१५ जुलाई ,कुवेत। तमू प्ये ल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमू हरुको महान पर्ब तमू ल्होसार नेपालबाट अतिथि कलाकार ल्याएर बिभिन्न साँस्कृतिक कार्यक्रमको साथ चि-ल्हो तमू ल्होसार भब्य रुपले मनाउने संघको उपअध्यक्ष शेरजङ्ग घलेले मिडिया मार्फत जानकारी दिनु भएको छ।
गत जुलाई १२ तारिक शुक्रबार दिन अध्यक्ष उमा गुरुङको निवास सल्मिया मा उमा गुरुङको अध्यक्षतामा बसेको बैठकले विविध विषयहरुमा छलफल गरेर संघका सल्लाहकार लगाएत कार्यसमितिका सदस्यहरु साथै शुभचिन्तकहरुको उपस्थितमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर दिदै आफ्नो हात फैल्यउदै आइरहेको तमु प्ये ल्हु संघ,कुवेतले हरेक वर्ष तमु ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ। संघ ले गत सालहरुमा पनि नेपाल बाट अतिथि कलाकारहरु गयाक तिलक गुरुङ,गयिका इन्दिरा गुरुङ ल्याइ भब्य सागितिक कार्यक्रमको आयोजना गरी भरपुर मनोरंजन दिलाई सकेको छ।
आफ्नो स्थापना देखी नै हरेक कार्यक्रम सफल बनाउदै आएको तमू प्ये ल्हु संघ कुवेतले “तमू ल्होसार” (चि-ल्हो बर्ग) को ल्होसार कार्यक्रमलाइ भब्य र सब्य पर्नको लागि आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य र गीतहरुले अतिथिहरुलाई संघको कलाकार भाई बहिनी हरुको जोडदार प्रस्तुती रहने छ। भने यास पाली तमू ल्होसारमा अतिथी कलाकार को ल्याउने भन्ने बारेमा र कार्यक्रम कुन ठाँउ र काँहा गर्ने भन्ने बिषयमा टुंगो लागि नसकेकोले यसको टुंगो चाडै लगाएर सार्वजनिक गरिने अध्यक्ष उमा गुरुङले बताएको छ ।
उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।
कार्यक्रमको विवरण
आयोजक : तमू प्ये ल्हु संघ,कुवेत
कार्यक्रम : तमू ल्होसार
मिति: ३ जनावरी २०२० शुक्रबार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत