काभ्रेपलाञ्चोकमा अर्काे घटना, बुहारीले सासूको ज्यान लिइन्
धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीद्वारा वृद्ध सासूको ज्यान लिएकी छन् । राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको ज्यान लिएको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति १ बजे निधन भएको हो । मादक पदार्थ सेवन गरेकी सासूसँग झगडा गरी ज्यान लिएकी २४ वर्षीया जेठी बुहारी सुन्तलीलाई घटनालगत्तै नियन्त्रणमा लिई बनेपा इप्रका हिरासतमा राखी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो सुन्तलीद्वारा ससुरा र श्रीमान्कै अगाडि कपाल समातेर घरको पक्की भित्तामा पटक–पटक टाउको ठोक्काई सासूको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।
July 17, 2019 12:52 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी