Friday 6th March 2026

इराकमा टर्कीका कूटनीतिज्ञसहित दुईको हत्या

7 years अगाडी

इराक । इराकका लागि टर्कीका उप वाणिज्यदूतसहित दुई जनाको बुधबार हत्या भएको छ। टर्कीको क्षेत्रीय राजधानी मानिने अर्बिलमा उनीहरूको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरी स्रोतले एएफपीलाई भन्यो, “टर्कीका कूटनीतिज्ञ मारिएका छन्, हतियारधारीहरूको आक्रमणमा परी उनको मृत्यु भएको हो।”

उनका अनुसार आक्रमणकारीहरूले वाणिज्यदूत र वाणिज्य दूतावासका अन्य कर्मचारीहरूलाई लक्षित गर्दै अर्बिलस्थित एउटा रेष्टुरेन्टमा आक्रमण गरेका थिए। स्रोतले दिएको प्रारम्भिक विवरणमा तीन जना मारिएको उल्लेख छ। तर कुर्दिस आन्तरिक सुरक्षा फौजले भने अहिलेसम्म दुई जनाको मात्रै मृत्यु भएको पुष्टि भएको जनाएको छ।

उनीहरूका अनुसार मारिने दुई जनामध्ये एक जना टर्कीको वाणिज्य दूतावासमा कार्यरत कूटनीतिज्ञ र एक जना इराकी नागरिक रहेका छन्। टर्कीको विदेश मन्त्रालयले पनि अर्बिलस्थित वाणिज्य दूतावासमा कार्यरत एक जना कर्मचारीको हत्या भएको पुष्टि गरेको छ। मन्त्रालयका अधिकारीहरूले पनि ती व्यक्तिको हत्या वाणिज्य दूतावास बाहिर गोली प्रहार गरेर भएको जनाएका छन्। रासस

          July 18, 2019 10:38 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...