सुन तस्करीको नयाँ आइडिया ! मलद्वारमा लुकाएर सुन तस्करी, विमानस्थलबाट दुई पक्राउ
8 years अगाडी
Susma Dhakal
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई किलो सुनसहित दुई जना पक्राउ गरेका छन् । पछिल्लो चार वर्षमा ३८ क्वीन्टल सुन तस्करीको आरोपमा चुडामणि उप्रेती गोरे समूहमाथि मुद्दा चलिरहेका बेला बिहीबार एक किलो ८६० ग्राम सुन बरामद भएको हो ।
तस्करीमा भारतीय नागरिक प्रयोग भएका छन् र उनीहरुले अनौठो तरिका अपनाएका छन् । विमानस्थल प्रहरी प्रमुख डीआईजी कमल जीटीका अनुसार उनीहरुले मलद्वारमा लुकाएर सुन ल्याएका हुन् । केरलाका जलारुद्दिन विपिनदत्त कुन्जु मोहम्मद र अर्सल चालायिलले ८-८ वटा सुनका टुक्रा मलद्वारबाट भित्र हालेका थिए ।
शंकास्पद व्यवहार देखेपछि सोधपुछ गर्ने क्रममा उनीहरुले सुन लुकाएर ल्याएको स्वीकार गरेका थिए । चिकित्सकको सहयोगमा सुन निकालिएको छ । उनीहरुबाट बरामद भएको सुनको शुक्रबारको बजार मूल्य ९२ लाख ३६ हजार ८८४ रुपैयाँ छ ।
July 7, 2018 12:31 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...